तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । मलेसियाका लागि नवनियुक्त महामहिम राजदूत डिल्लीराज पौडेललाई गैर आवासीय नेपाली संघ ( एनआरएनए ) मलेसिया, नेपाली व्यवसायी समाज मलेसिया, र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले स्वागत गरेका छन ।

आइतबार मलेसिया स्थित होटल ग्रान्ड कन्टिनेन्टल केएलमा गैर आवासीय नेपाली संघ मलेसिया, नेपाली व्यवसायी समाज मलेसिया, र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको संयुक्त आयोजनामा एक कार्यक्रम गरि नवनियुक्त राजदूत पौडेललाई स्वागत गरेको हो ।

पौडेललाई नेपालको संविधानको धारा २८२ को उपधारा ( १ ) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गत भदौ २३ गते बिहीबारका दिन राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नियुक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय चाडहरु दशै, तिहार र छठको शुभकामना आदानप्रदान सहितको कार्यक्रम गरेका थिए। गैर आवासीय नेपाली संघ ( एनआरएनए ) मलेसियाका अध्यक्ष विनोद थापाको सभापतिमा र नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली दूतावास क्वालालम्पुर मलेसियाका डीसीएम मोती बहादुर श्रीस, नेपाली राजदुत क्वालालम्पुर मलेसियाका श्रम काउन्सलर दिपक ढकाल, श्रम सहचारी प्रकाश पन्थी, नेपाली दूतावास क्वालालम्पुर मलेसियाका द्वितीय सचिव प्रदिप कार्की, यशू बस्नेत, प्रेम बुढा हुनुहुन्थ्यो। भने त्यसैगरी अतिथिहरुमा काभ्रे समाज मलेसिया, किराँत याक्थुङ चुम्लुङ मलेसिया, पिएनसीसी, थारु सेवा समाज मलेसिया, फोनिज मलेसिया, जिफोन्ट मलेसिया, हिमालयन फुटबल क्लब मलेसिया, तामाङ घेदुङ मलेसिया लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र मलेसिया रहेका श्रमिक नेपाली दाजुभाइ दिदीबहिनी व्यावसायि हरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राईले स्वागत मन्तव्य राख्नु भएको थियो। भने नेपाली व्यावसायी समाज मलेसियाका अध्यक्ष ईन्द्रनारायण लिम्बूले कार्यक्रमको बारेमा प्रकास पार्नु भएको थियो । यसैगरी कार्यक्रममा प्रवासी नेपाली मंच मलेसियाका महासचिव दायाराम कुमाल, नेपाली जन प्रगतिशील मंच मलेसियाका अध्यक्ष प्रेम पाण्डे, नेसप प्रवास बिभागका उपाध्यक्ष बीरेन्द्र नेगी, नेपाली जनसम्पर्क समिति मलेसियाका सदस्य तेज कुमार राई, र एनआरएनए मलेसियाका संस्थापक तथा प्रमुख संरक्षक शंखर बहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।यस्तै कार्यक्रममा दूतावास क्वालालम्पुर मलेसियाका द्वितीय सचिव यशू बस्नेत सम्माननीय राष्ट्रपति विद्यदेवी भण्डारीबाट संविधान दिवसको अवसरमा प्रबल जनसेवाश्री मानपदवीद्वारा विभूषित हुनुभएकोमा कार्यक्रमका आयोजक एवं गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका आध्यक्ष विनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, र नेपाल व्यवसायी समाज मलेसियाका अध्यक्ष ईन्द्रनारायण लिम्बूले खादा लगाएर सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नवनियुक्त महामहिम राजदूत डिल्लीराज पौडेलले कार्यक्रममा बोल्दै आफुलाई यत्रो समान र स्वागत कार्यक्रम राख्नुभएकोमा धन्यवाद दिनुहुँदैन मलेसिया धेरै समस्या छन् त्यो समस्याको समाधान गर्न आगामी दिनमा मलेसियामा रहेको संघ संस्था तपाईंहरु संगै बसेर काम गर्ने बताउनुभयो ।

उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाका महासचिव रन्जित क्षेत्री र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सचिव एवं हिमाल टाईम्स अनलाईनका म्यानेजीङ डाइरेक्टर इश्वर राईले संचालन गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …