खोटाङ । जिल्ला समन्वय समिति खोटाङको निर्वाचन आज सम्पन्न भएको छ ।
सम्पन्न निर्वाचनबाट प्रमुखमा जनता समाजवादी पार्टी नेपालका सन बहादुर राई निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्र पार्टीका शुरेश कुमार तामाङ, निर्वाचित हुनुभएको छ ।
त्यसैगरी खुल्ला सदस्यहरु नेपाली कांग्रेस पार्टीको तर्फबाट दुर्गा प्रसाद घिमिरे, मोहन सुप्तिहाङ, ज्ञानेन्द्र राई, निर्वाचित हुनुभएको छ ।
महिला सदस्यहरुमा नेकपा माओवादी केन्द्रबाट बिष्णुकला राई, र नेपाली कांग्रेसबाट कला राई, निर्वाचित हुनुभएको छ ।
त्यसैगरी एकीकृत समाजवादीबाट दिलकुमारि राई, निर्वाचित हुनुभएको छ भने अल्पसंख्यक तथा दलित सदस्यमा नेकपा माओवादि केन्द्रबाट चमेलि विश्वकर्मा, निर्वाचित हुनुभएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …