दाङ । दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार नरुलाल चौधरी निर्बाचित हुनुभएको छ ।
चौधरीले सत्ता गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३३० मतले हराउँदै दोश्रो कार्यकालका लागि घोराहीको नगरप्रमुखमा विजयी हुनुभएको हो ।
बिजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्नुभएको छ । पराजित शर्माले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । चौधरीले २०४७ को निर्वाचनमा पनि बिजयी हुनुभएको थियो ।
त्यस्तै नगर उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी हुनुभएको छ । डिसीले गठबन्धनबाट काँग्रेसकाका उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले हराउँदै बिजयी हुनुभएको हो । बिजयी डिसीले तीन हजार ४०३ प्राप्त गर्दा डाँगीले तीन हजार ३५४ मत मात्रै प्राप्त गर्नु भएको थियो । उपप्रमुखमा डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहेपनि अन्तत नेकपा एमालेकी उम्मेदवार डिसी बिजयी हुन सफल हुनुभएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल रहेको घोराहीका वडा नं. १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा एमालेले जितेको छ भने गठबन्धनबाट कांग्रेसले १०,१३, १५ , १६ र १९ नम्वर र माओवादी केन्द्रले वडा न. ९ जितेको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …