तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

न्यूयोर्क,अमेरिका । विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेपछि नेपाली जनसम्पर्क समितिका सभापतिहरुले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि एनआरएनए स्थापना गरिएको गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)मा विदेशमा छरिएर रहेका जनसम्पर्क समितिका सदस्यहरुको प्रभाव र बाहुल्यता रहेको छ। प्रतिनिधि विवादका कारण सिर्जना भएको एनआरएनको आन्तरिक विषयमा जनसम्पर्क समितिका विश्वका विभिन्न देशका सभापतिहरुको संयुक्त बैठकले सम्भावित विभाजन रोक्न र लोकतान्त्रिक विचार पक्षधर सबैलाई एक ठाउँमा उभिन अनुरोध गरेको छ। 

गत शनिवार सम्पन्न भर्चुअल छलफलका सहभागी समितिका विभिन्न मुलुकका सभापतिहरुले एनआरएन विवादको विषयमा मातृ पार्टी नेपाली कांग्रेसको धारणा नै आधिकारिक हुने भन्दै पार्टी नेतृत्वलाई लोकतान्त्रिक विचार पक्षधर आफ्ना सदस्य र शुभेच्छुकहरु सबैलाई एकै ठाउँ समेट्ने गरी समन्वय गर्न अनुरोध समेत गरेका छन्। 

छलफलमा विभिन्न २० मुलुकका सभापतिहरुको सहभागिता रहेका थियो। छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ,-‘गैर आवासीय नेपाली संघको १० औं महाधिबेसनको केन्द्रीय प्रतिनिधि छनोट बिबादले निम्त्याएको असहज परिस्थितिलाई बेवास्ता गर्दै एनआरएनएको वर्तमान नेतृत्वले एकतर्फी निर्वाचनको घोषणा गर्दै संस्थालाई बिभाजनतर्फ उन्मुख गराएकोप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसखाले गतिविधिप्रति तीव्र बिमति जनाउदै सबै पक्षलाई मिलाएर निर्वाचन गर्न  र संस्थालाई बिभाजनबाट रोक्न सम्बन्धित सबै पक्षलाई जोडदार अनुरोध गर्दछौं। 

सभापतिहरुको संयुक्त बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफुहरुको छलफलको विषयमा लिखित जानकारी गराउने भएको छ।  समितिका सभापतिहरुले पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा यस पहिले समितिका दुई जना सभापतिलाई मनोनित गरेकोमा सभापति देउबालाई धन्यवाद दिंदै यसपटक पनि सोही संख्या कटौती नगर्न र समितिको तर्फबाट एकजनालाई केन्द्रीय सदस्य मनोनित गर्न सभापति देउबालाई अनुरोध गर्ने निर्णय समेत गरेका छन्। 

को को थिए संयुक्त बैठकमा ?

बैठकमा ३५ देशमा जनसम्पर्क समितिको संगठन विस्तारित भएकोमा  २० वटा देशका जनसम्पर्क समितिका सभापतिहरु  बैठकमा सहभागी भएका थिए सहभागि हुन नसकेका कतिपय देशका सभापतिहरुले संयुक्त छलफलको निर्णयमा आफुहरुको सहमति रहने जानकारी गराएका थिए। 

बैठकमा नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट, नेपाली जनसम्पर्क समिति,ओमानका सभापति शालिकराम चापागाईसहित क्यानडाका सभापति बुद्धिप्रकाश ओली,साउदी अरबका सभापति अर्जुन थापा,युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना,कतारका सभापति अजीज अली सहभागी थिए। यसैगरी कुबेतका सभापति राजेन्द्र रसाइली बिरही,इजरायलकी सभापति दिपीका भुषाल,बेलायतका सभापति युवराज गुरुङ,बेल्जियमका सभापति पूर्ण तिमिल्सिना,फ्रान्सका कार्यवाहक सभापति ईन्द्र बस्नेत,अष्ट्रियाका सभापति जीवनजंग कुँवर,कोरियाका सभापति भजेन्द्र क्षेत्री,जर्मनीका सभापति शिखर खड्का,जापानका सभापति रोशन केसी,माल्टाका सभापति संदेश केसी,नेदरल्याण्डका सभापति शालिक गौतम,अष्ट्रेलियाका उप सभापति दिलीप पोखरेल,नर्वेका सभापति जितेन्द्र शाही र साइप्रसकी सभापति सीता अर्याल समेतको सहभागी थियो।

एनआरएनएको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतका विषयमा उत्पन्न विवाद आन्तरिक रुपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म पुगेको थियो   

एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहले अलगअलग रुपमा महाधिवेशनको मिति तय गरी निर्वाचनको प्रक्रियासमेत थालनी गरिसकेका कारण संस्था अब एक ढिक्का हुनसक्ने सम्भावना कम रहेको देखिएको छ । यद्यपि सङ्घका केही पदाधिकारी र संरक्षकहरुले सहमतिका लागि प्रयास गरिरहनुभएको पनि बुझिएको छ ।  

सङ्घको विधानअनुसार गत अक्टोबर २३–२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो । त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचनको मिति तय गरिएको थियो । सङ्घको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …