तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका। संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ।

“हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं,” राजनीतिक मामिलाका उप-महासचिव रोजमेरी डिकार्लोले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा उल्लेख गर्नु भएको छ।

उनले भनिन् कि संयुक्त राष्ट्रसंघले बुझेको छ कि दुई पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकहरूको लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको छ।

“हामी आशा गर्छौं यो रिपोर्ट गरिएको सम्झौता ढिलाइ नगरी लागू हुनेछ र पूर्ण र विना शर्त युद्धविराममा छिट्टै सहमति हुनेछ,” डिकार्लोले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई वार्ता जारी राख्न र सुरक्षा, मानवीय र अन्य मुद्दाहरूमा तत्काल प्रगति गर्न आग्रह गरेको छ।

रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय कोरिडोरहरू व्यवस्थित गर्न सहमत भएका थिए।
“मानवीय कोरिडोरको संगठनको लागि मात्र समाधान छ,” युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा भनेका छन् ।
रुसी प्रतिनिधिमण्डलका प्रमुख समेत रहेका रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …