तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियामा रहेका नेपाली श्रमिक हरुको समस्याको बारे दूतावासको ध्यानाकर्षण गराएको छ ।

बुधबार मलेसियाको क्वालालम्पुर स्थित नेपाली राजदुतावासको कार्यलयमा भेटघाट कार्यक्रम राखि दूतावासका कार्यवहाक राजदूत मोति बहादुर श्रीसलाई समितिका अध्यक्ष चोला कान्त पंगेनीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालीहरुको श्रम गन्तव्यको पहिलो मुलुक रहेको मलेसियामा श्रमिकहरुको सुख दु:खमा नेपाली जनसम्पर्क समिती मलेसियाले आवश्यक पर्ने काममा सधै हातेमालो गर्दै आईरहेको जानकारी गराउदै ध्यानाकर्षण गराएको हो ।

कोभिड १९ को माहामारिमा पनि दिनरात नभनि नेपाली श्रमिकहरुको काममा खटिनु भएकोमा नेपाली दुतावास मलेसिया प्रति समितीले धन्यवाद ज्ञापन गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

उक्त कार्यक्रममा दूतावासका कार्यवहाक राजदूत श्रीसले राम्रो बिषयको कुरा लिएर आउनु भएकोमा जनसम्पर्क समितिलाई धन्यवाद दिदै राजदूतले समितीसँग सहकार्य गर्दै समस्याको समाधान गर्ने बताउदै श्रम स्वीकृत नविकरणको प्रकृयालाई व्यवस्थित गरि अनलाईन मार्फत आफैले पनि गर्न सकिनेगरि छिटै अनलाईफारमको व्यवस्था गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति मलेसियाका महामन्त्री हरि कोईराला, प्रवक्ता यज्ञ कुमार राई, सदस्य तेज कुमार राई, ईन्द्र भण्डारी, सदस्य कुमार ओझा, सदस्य घनस्याम चौधरी, (RN) सल्लाहकार रामकुमार राई लगायतले श्रमिक समस्याको बारेमा आ-आफ्नो धाराणा राखेका थिए ।

यस्ता छन ध्यानाकर्षण बुदाहरु:

१] श्रम स्वीकृति नविकरणको प्रक्रियालाई अनलाईन मार्फत पनि दिन सकिने भएकोहुदा सो प्रक्रिया अत्यन्तै जटिल भएको र अनलाईन रकम तिर्ने प्रक्रिया पनि आम श्रमिकको पहुँच भन्दा परको विषय भएकोले यस प्रकृयालाई सहजीकरण गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गरि पठाउन दुतावासलाई अनुरोध गर्दै श्रम स्वीकृत नविकरणको प्रकृयाबाट कुनैपनि श्रमिक वन्चित हुन नपारोस् ।

२] कोभिड १९ को महामारीको कारणले समयमा आफ्नो श्रम स्वीकृति सकिएर नेपाल जान नपाएका र यहि मलेसियामा मृत्यु भएका श्रमिकहरुको आफन्तले नेपालमा राहत रकम नपाएको अवस्था छ। यस विषयमा नेपाली दुतावास मलेसिया र नेपाल सरकार विच कस्तो समन्वय भईरहेको छ । उक्तविषयमा सम्बन्धीत निकायमा पहलगरी राहत रकम दिलाईदिने व्यवस्था गरियोस् ।

३] नेपाली दुतावासबाट जारि गरिने ट्राभल डकुमेण्ट हाल अत्यन्तै महगो गरिएकोले सके सम्म निशुल्क नभए सहुलिएत रकममा वितरण गरियोस् ।

४] नेपाली दुतावासमा श्रमिकहरु सेवा सुविधा लिन आउदा बिना झन्जट सेवा प्राप्त गर्न सकियोस् र निशुल्क भरिनु पर्ने फारम चरम रकम लिएको भन्ने जन गुनासो आएको हुदाँ कुनै पनि फारम भर्दा निशुल्क गरियोस् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …