तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । 

विश्वविद्यालयको नवौँ साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका नागरिकलाई उच्च शिक्षामा सहज पहुँच सुनिश्चित गर्दै शिक्षित समाज निर्माणमा अग्रपङ्क्तिमा उभिनुपर्ने देउवाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “रोजगारीका लागि विदेशिनुपर्ने परिस्थितिलाई मनन् गर्दै युवा जनशक्तिलाई देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि विज्ञान तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्न अति आवश्यक छ ।”

समायानुकूूल जनशक्ति उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा योगदान दिन सक्ने शैक्षिक कार्यक्रमहरू विश्वविद्यालयले सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । 

राष्ट्रलाई आवश्यक गुणस्तरीय जनशक्तिको परिपूर्ति गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनतर्फ पनि विश्वविद्यालयले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यसो गर्न सकिएमा मुलुकको आवश्यकता परिपूर्ति गर्नसमेत सफलता मिल्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणले विश्वविद्यालयका विभिन्न शैक्षिक गतिविधिहरू सञ्‍चान गर्न कठिनाइ भएको अवस्थामा पनि वैकल्पिक विधिबाट शैक्षिक, प्राज्ञिक, अध्ययन तथा अनुसन्धान एवं परीक्षाका सम्पूर्ण गतिविधि समयमा नै सफलतापूर्वक सम्पन्न हुनु सुखद भएको देउवाले बताउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले उक्त विश्वविद्यालयले सुदूूरपश्चिमको आवश्यकता र मागअनुसारको शिक्षा सर्वसुलभ रूपमा व्यवस्था गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष जोड दिई त्यहाँका सम्पदाहरू र सम्भावनालाई उपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई तोकिएकै समयमा सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर अगाडि बढेको बताउनुभयो । सरकारले गर्ने अनुसन्धानका कार्यमा विश्वविद्यालयलाई सँगै लैजाने व्यवस्था मिलाउन उहाँले सरकारसँग अनुरोध गर्नुभयो । सुदूरपश्चिम विश्वविद्यालय २०६८ सालमा स्थापना भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …