तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लिस्बोन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद विघटनको घोषणा गर्नु भएको छ ।

उहाँले विहिवार संसद विघटन गरिएको घोषणा गर्दै आगामी संसदिय निर्वाचनका लागि मितिसमेत तोक्नु भएको छ ।

राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उहाँको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो ।

देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद विघटन गर्दै नयाँ संसद्् गठनका लागि निर्वाचन गर्नु परेको उहाँले उल्लेख गर्नु भएको छ ।

सोसियलिष्ट पार्टी (पिएस)को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसदबाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो ।

पोर्चुगलको संसदिय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन् ।

संसदबाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आउनु भएको थियो । वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …