तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरुपमा  सुशोभित गर्ने बताउनुभएको छ । राजधानीमा आज साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको सुनाउनुभयो । सम्मान समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, “अर्काे पटक नेपाली फुटबल टिम विजयी भएर आयो भने सबै सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सुशोभित गर्नेछौँ ।”

गएको असोज ३० मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली उपविजेता बन्न सफल भएको थियो । विगत २८ वर्षको इतिहासमा पहिलोपटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिद्वारा आयोजित ती खेलाडीका लागि उक्त सम्मान समारोहमा मन्त्री खाँडले सरकारले बजेटका सीमितताका बीच साफ च्याम्पियनसिपमा सहभागी प्रतिखेलाडीलाई रु पाँच लाख र टिम व्यवस्थापकलाई रु तीन लाख दिने घोषणा गरेको जानकारी पनि दिनुभयो । “यसले खेलाडीलाई हौसला प्रदान गरिएको हो, यसले नेपालको खेल क्षेत्रलाई माथि उठाउन प्रोत्साहन मिल्ने विश्वास छ”, गृहमन्त्रीले थप्नुभयो ।

उहाँले खेलकुद जीवनको अभिन्न अङ्ग भएको पनि बतउनुभयो । मन्त्री खाँणले हरेक प्रहरी अधिकृत र जवानको पेट पनि खेलाडीको जस्तै बनाउन भनेको र यसअघि आफू रक्षामन्त्री हुँदा सेनालाई पनि त्यही अभ्यास गराएको जानकारी दिनुभयो ।

फरक प्रसङ्ग जोड्दै गृहमन्त्री खाँणले नेपाल प्रहरीमा परिवर्तन ल्याउने प्रयास सुरु गरिएको र कुनै पनि हाकिमले कर्मचारीलाई तँ भन्न नपाउने गरी निर्देशन जारी गरेको बताउनुभयो । उहाँले प्रहरी परिचर, सिपाहीको वृत्ति विकासका लागि प्रहरी नियमावली संशोधन गर्न थालिएको जानकारी दिनुभयो । उहाँले जातीय विभेदविरुद्ध कडाइका साथ कानून कार्यान्वयनमा लाग्न निर्देशन जारी गरेको उल्लेख गर्नुभयो ।

समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख शङ्कर भण्डारीले खेलाडी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै खेलकुदको विकासले मात्रै मुलुकको विकास सम्भव रहेको बताउनुभयो । नेता भण्डारीले नेपाल सरकार र हरेक राजनीतिक दलले खेलकुदको विकासका साथै खेलाडीमैत्री नीति नियम होस् भन्ने खेलाडीको चाहना पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कांग्रेसले खेलकूद मन्त्रालय पायो भने सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने दाबी पनि गर्नुभयो ।

समारोहमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको सम्मानको सुरुआत आजबाट भएकोमा खुशी व्यक्त गर्दै मुलुकमा आफूले फुटबलको नेतृत्व गरे पनि सन्तुष्टि हुने ठाउँ नरहेको बताउनुभयो । उहाँले फुटबलको पूर्वाधार विकासमा नेपाल कमजोर रहेकाले अन्तर्राष्ट्रियस्तरका खेल मैदान र खेल क्षेत्रमा बजेटको उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो ।

खेलाडी सुजल श्रेष्ठले नेपालीको माया र सहयोगले नै नेपाली फुटबल यहाँसम्म पुगेको बताउँदै अझै हौसलाको खाँचो रहेको औँल्याउनुभयो । उक्त समारोहम नेपालमा उपलब्ध खेलाडी र खेल व्यवस्थापकलाई नगदसहित सम्मान गरिएको थियो । समारोहमा नेपाली कांग्रेस काठमाडौँका सभापति नीलकाजी शाक्य, नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन, अर्काे नेता खिमानसिंह रायमाझीलगायतले बोल्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …