तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६।५ म्याग्नीच्युट रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६।२ म्याग्नीच्युटको मात्र भएको बताएको छ ।

स्थानीय समयानुसार आइतबार १ः११ बजे मध्याह्नमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७ किलोमिटर गहिराईमा रहेको थियो । यिलानमा बस्ने एएफपी संवाददाताका अनुसार कम्पन करिब ३० सेकेन्डसम्म चलेको थियो । भूकम्पपछि ५।४ म्याग्निच्युडको पराकम्पन आएको बताइएको छ ।

सन् २०१८ मा एक रमणीय पर्यटकस्थल हुआलिएनमा आएको ६।४ म्याग्निच्युडको भूकम्पमा परी १७ व्यक्तिको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए ।सन १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापूमा गएको ७।६ म्याग्निच्युडको भूकम्पले इतिहासको नै सबैभन्दा घातक रहेको र यसमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो । सन् २०२० को डिसेम्बर मा यिलानमा ६।२ रेक्टर स्केलको भूकम्प गएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …