तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् ।

प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ जसबाट थप तनाव सृजना भएको जनाइएको छ ।

आक्रमणकारीहरूले शिविरमा रहेको इस्लामिक विद्यालयमा पढ्ने मानिसलाई गोली र छुरा प्रहार गरेको जनाइएको छ ।

उक्त घटनामा त्यस शिविरमा चार जनाको तत्काल मृत्यु भएको छ भने बालुखली शरणार्थी कम्प्लेक्सको एउटा शिविरको एउटा अस्पतालमा अन्य तीन जनाको मृत्यु भएको छ । त्यहाँ ९० हजार मानिस बस्ने गर्दथे । प्रहरीले मृतक र घाइतेको वास्तविक सङ्ख्या सार्वजनिक नगरे पनि चिकित्सकहरूले नाम नभन्ने सर्तमा कम्तीमा २० जना नराम्ररी घाइते भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार अस्पतालमा उपचारारत अधिकांश घाइतेहरू अङ्गभङ्ग भएका छन् ।

प्रहरी अधिकारी कामरान हुसेनका अनुसार “रोहिंग्या दुश्मनहरू“ बिहान सबेरै डारुल उलुम नाडवतुल उलामा अल इस्लामिया मदरसामा प्रवेश गरेर एक्कासि गोली प्रहार गरेका थिए ।

उक्त घटनापछि २७,००० भन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त शिविरलाई सुरक्षा बलले तुरुन्त नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …