तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको ह्ुनाका साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे उक्त आक्रमण भएको बताइएको छ । 

सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ । डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ । के  कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

हताहत भएकाहरुका केही सुपरमार्केटमा फेला परेका थिए । जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गर्नुभएको छ ।  यो कार्य आतङ्कवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ । 

घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्,’ तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ’ भन्नुभएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …