तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालय एवं विभागलाई हस्तान्तरण सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको यही भदौ ९ गतेको निर्णयानुसार हस्तान्तरण आजदेखि सुरु भएको हो ।

प्राधिकरणमा आज आयोजित कार्यक्रममा निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनःनिर्माणसम्बन्धी बाँकी काम सहरी विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत सञ्चालित सम्पदा एवं गुम्बाको पुनःनिर्माणसम्बन्धी काम पनि सहरी विकास मन्त्रालय मातहत नै हस्तान्तरण भएको छ । 

शैक्षिक संस्थाको पुनःनिर्माणसम्बन्धी काम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने गरी जिम्मेवारी दिइएको छ । पुरातात्विक सम्पदा (निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्बासमेत) को पुनःनिर्माण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागबाट हुने गरी हस्तान्तरणको तयारी छ । सडक तथा पुल एवं केही गुम्बाको काम पनि गुम्बा व्यवस्थापन समितिको समन्वयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय÷स्थानीय पूर्वाधार विभागबाट हुने गरी हस्तान्तरण भएको छ । 

हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्तान्तरण भएका पुनःनिर्माणका बाँकी काम सम्बन्धित निकायले निष्कर्षमा पु¥याउने बताउनुभयो । सम्बन्धित कार्यालयलाई समग्र संरचना नै हस्तान्तरण गरिएको उहाँले सुनाउनुभयो । हस्तान्तरणपछि सम्बन्धित निकायलाई सबल बनाउन पनि प्राधिकरणले काम गर्ने छ । हस्तान्तरण भएका कार्यक्रमको कानूनी र नीतिगत आधार पनि प्राधिकरणले नै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

धरहरा र सिंहदरबार पुनःनिर्माणको काम भने आगामी पुस ९ गतेसम्ममा प्राधिकरणले सक्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा विकास भएको सुरक्षित घरको प्रविधि पनि जनतामा हस्तान्तरण भएको छ । निजी आवास पुनःनिर्माणका क्रममा २५० अर्ब जनतामा बैंकिङ प्रणालीमार्फत गएको छ । 

प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले पुनःनिर्माणका अधिकांश काम सकिएको बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी ऐनले तोकेको समय आगामी पुस ९ गते सकिने भएकाले बाँकी काम सम्बन्धित मन्त्रालय र विभागलाई हस्तान्तरण गरिएको उहाँको भनाइ थियो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय पूर्वाधार विभागलाई सुम्पिएको काम समयमै सक्ने प्रतिबद्धता जनाउँदै जनशक्ति एउटा मन्त्रालय र काम अर्को मन्त्रालयमा नपार्न प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शैक्षिक संस्थाको पुनःनिर्माण समय सक्ने गरी काम अघि बढाउन प्रतिबद्धता जनाउनुभयो । 

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले निजी आवास पुनःनिर्माण प्राथमिकताका आधारमा आगामी मङ्सिरसम्म सम्पन्न गर्ने गरी तयारी भएको बताउनुभयो । ऐनले तोकेअनुसार प्राधिकरणको कार्यकाल आगामी पुस ९ गते सकिँदै छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा भएका उपलब्धिका बारेमा आगामी मङ्सिर २१ गतेदेखि अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने प्राधिकरणको तयारी छ ।

सम्मेलनमा पुनःनिर्माणका क्रममा सिकेका कुरा, भएका उपलब्धिलगायत विषयमा कार्यपत्र प्रस्तुतिको तयारी भइरहेको छ । सहरी क्षेत्र विशेषगरी काठमाडौँ उपत्यकाको निजी आवास र पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको गुनासो सरोकार भएकाको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …