तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वाग्मती । खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ ।  

वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियानअन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौँडाले आर्थिक वर्ष २०७७÷७८ मा आठ वटा खानेपानी आयोजना सम्पन्न गरेको जनाएको छ ।

कार्यालयले सङ्घीय सःशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच गरी कुल आठ आयोजना सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताउनुभयो । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार  लाभान्वित भएको सो कार्यालयले जनाएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ वटा आयोजना सम्पन्न भएको थियो । त्यसको कूल बजेट रु ६० करोड २९ लाख रहेकामा रु ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तिय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

यसअघि वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा १८ वटा र आर्थिक वर्ष २०७६÷७७ मा १५ वटा गरी कुल ३३ वटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौँडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएपछि सबै साधारणलाई सजिलो भएको छ । हेटौँडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको बताइएको छ । सो बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल रु एक करोड १५ लाखको लागतमा इनार निर्माण गरेको हो । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण सुरु भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकरी दिनुभयो । 

दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ । रासस                                                                                       

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …