तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बनेपा। काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ ।

बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब रु पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरु भएको हो ।

सिँढी निर्माणको लागि बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजन गरेको रु एक करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिँढी निर्माण भइरहेको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताउनुभयो । नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विभिन्न आयोजनामध्येको सो सिँढी गत वर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी यस वर्ष ठेक्का आह्वान भएर काम अगाडि बढेको हो ।”

वडाध्यक्ष अधिकारीले भन्नुभयो, “यो पदमार्ग (सिँढी) निर्माण भएपछि पर्यटकीय गन्तव्य बन्नेछ ।” वडा नं ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरु भएर वडा नं ६ को गोसाईस्थान मन्दिरसम्म पुग्ने सिँढी एक हजार ६०० निर्माण हुने उहाँले बताउनुभयो । आठ मिटरको चौडाइमा निर्माण कार्य थालनी भएको सिँढीको लागि शहरी विकास मन्त्रालयबाट समेत रु तीन करोड ५० लाख बजेट विनियोजन भइसकेको कारण बाँकी काम पनि छिट्टै हुने उहाँले बताउनुभयो ।

यसअघि चण्डेश्वरीबाट गोसाईस्थान मन्दिर जानको लागि बनेपा बुडोल भएर घुमेर जानुपर्ने अवस्था रहेकोमा सिँढी निर्माण भएपछि छोटो बाटोमा सिधै जान पाउने भएको छ । सिँढीसँगै सो क्षेत्रमा पार्किङ, बगैँचालगायतका काम हुनेछ । बनेपाको नै महत्वपूर्ण जङ्गलको रुपमा रहेको चण्डेश्वरी जङ्गल भएर निर्माण हुने सिँढीले वडा नं ६ मा रहेको शहीद पार्कलाई समेत छोएर गोसाईस्थानसम्म जोडिनेछ ।

विशेष गरी बजार क्षेत्रका मानिस बिहानी हिडाइसँगै धार्मिक हिसाबले मन्दिरमा दर्शन गर्न आउनेलाई समेत सो सिँढी निर्माण भएपछि थप पर्यटकीय क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । त्यससँगै नगरपालिकाले बुद्धपार्क र पून्यमाता करिडोरलगायतको क्षेत्रमा पनि निर्माणको काम अगाडि बढेको जनाएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …