तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने थामिएको छ । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा आज ‘दोहोरो अङ्क’ को करेक्सन देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने १४ अर्बमा नै कायम रहेको छ । कूल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ०.१२ र विकास बैंक १०८.६९ बिन्दुले बढ्दा व्यापार ४५.२७, होटल तथा पर्यटन ४३.५८, जलविद्युत् ७६.२४, वित्त २२.८९, निर्जीवन बीमा ४९.९७, उत्पादन ९०.८२, अन्य १७.४१, लघुवित्त ३४.८२, जीवन बीमा ५३.१७, सामूहिक लगानी कोष ०.०१ र लगानी १.६८ बिन्दुले ओरालो लागेको छ । 

शेयर कारोबार हुने साताको अन्तिम दिनपछि बजार बन्द हुँदा रु ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ बराबर पुगेको छ । कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ३० लाख ६१ हजार २९६ बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु ५८ करोड ४२ लाख ४७ हजार ८५७, अरुण भ्याली हाइड्रोपावर रु ४९ करोड १७ लाख ६० हजार ६०४, फस्ट माइक्रोफाइनान्स रु ३१ करोड ७३ लाख ६१ हजार ३०१ र अरुण काबेली पावर रु २८ करोड ६७ लाख ३४ हजार ४३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्त, युनिभर्सल पावर ६.७९, बरुण हाइड्रोपावर ५.३२, रिडी हाइड्रोपावर ५.१३, शिव श्री हाइड्रोपावर ५.०७ र युनाइटेड मोदीका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …