तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा, स्वच्छ र हराभरा राख्न साहना प्रधान स्मृति प्रतिष्ठान र कालीदल गणले पशुपति क्षेत्र विकास कोषलाई १०० वटा डष्टविन हस्तान्तरण गरेको छ ।

कोषको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएकी सांसद रामकुमारी झाँक्री र गणका प्रमुख सेनानी जीतेन्द्र बानियाँ क्षत्रीले कोष सञ्चालक परिषद्का सदस्यद्वय आशा पाण्डे र उद्धव बडाल एवं कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई डष्टविन हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सांसद झाँक्रीले कोभिडका कारण आफन्त एवं साथीभाइ गुमाएर पशुपति क्षेत्रमा फूल चढाउन आउँदा मास्क फाल्ने स्थानसमेत नभेटेपछि कोषलाई डष्टविन सहयोग गर्ने सोच आएको बताउनुभयो । कोरोना सङ्क्रमण उच्च भएर दिनमा १०० वटासम्म शव व्यवस्थापन नेपाली सेनाले गर्नुपरेकाले यसअघि ट्रलीसमेत दिइसकेको उहाँले सुनाउनुभयो ।

सांसद झाँक्रीले पशुपति क्षेत्रमा प्रविधियुक्त शवदाह गृह निर्माणका लागि पनि सहयोग जुटाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई बृहत् अन्तर्राष्ट्रिय गन्तव्यस्थलका रुपमा विकास गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । धार्मिक, सांस्कृतिक पहिचान बोकेको पशुपति क्षेत्रको विकासका लागि आर्थिक एवं भौतिक सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।

वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सधैँ सफा, स्वच्छ र हराभरा राख्न सफाइ सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । कार्यक्रममा कार्यकारी निर्देशक खतिवडाले चार÷पाँच सय बाँदर, ४० हजार परेवा, सयौँको सङ्ख्यामा गाई र कुकुर, १७० मृगलगायत पशुहरु रहेकाले फोहर राख्ने डष्टविनजस्ता सामग्री सुरक्षित राख्नसमेत चुनौती रहेको बताउनुभयो ।
–––

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …