तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

टोकियो। रियल म्याड्रिडका फरवार्ड मार्को एसेन्सियोले अतिरिक्त समयमा गोल गरेपछि स्पेन १–० ले आयोजक जापानलाई हराएर टोकियो ओलम्पिक २०२० को फाइनलमा प्रवेश गरेको छ । उसले स्वर्ण पदकको लागि शनिबार हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामना गर्नेछ ।

साइतामा रंगशालमा भएको दोस्रो सेमिफाइनलमा स्पेन बलियो देखिएको थियो । तर, उसले पाएको अवसरमा गोल भने गर्न सकेन । जापानले पनि पाएका केही अवसरलाई उपयोग गर्न सकेन । र, खेल ३० मिनेटको अतिरिक्त समयमा पुग्यो ।

मिकेल ओयरजाबलको पासमा एसेन्सियोले आकर्षक गोलमा परिणत गर्दै ११५ औं मिनेटमा स्पेनको जित पक्का गरेका थिए । उनले अन्तिम ३६ मिनेटमात्रै खेलेर सेमिफाइनलमा निर्णायक गोल गरे ।

यसअघि इबाराकी कासिमा रंगशालामा भएको पहिलो सेमिफाइनल पनि १ घन्टा २० मिनेट चलेको थियो । त्यसमा डिफेन्डिङ च्याम्पियन ब्राजिल पेनाल्टी सुटआउटमा मेक्सिकोलाई ४–१ ले पन्छाउँदै फाइनल प्रवेश गर्‍यो ।कान्तिपुरदैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …