काठमाडौं । नेपालका सञ्जीव नेपालीसहित तीन खेलाडीले डिजी एशियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।
पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४.४८३ स्कोर जोडेका थिए । महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन् । सन्दीपाले ५.५०० स्कोर र सानोनले ५.४०० स्कोर प्राप्त गरेकी थिइन् । नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जिते । प्रेमकुमारले कूल ५.०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए ।
थोरै स्कोरले पछि परेका टिमले ५ स्कोर बटुलेका थिए । यही साउन १६ गतदेखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिङ्गापुर, स्लोभानिया र इण्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …