राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज सपथ ग्रहण गर्नुहुँदै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताउनुभयो । उहाँले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताउनुभयो ।
सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । त्यसपछि उपाध्यक्ष पौडेलले आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराउनुभयो । गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल तथा सदस्यमा फुयाँल र गुरुङलाई नियुक्त गरेको थियो । सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरूङले पनि आजै पदभार ग्रहण गर्नुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …