तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले जनतालाई आतङ्कबाट जोगाउन र जनताको सुरक्षाकालागि युथफोर्सलाई काम गर्न निर्देशन दिनुभएको छ । हिंसा, लोकतन्त्र र संविधानकोविरुद्ध काम गर्नेलाई पाठ सिकाउन पनि उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा संघ नेपाल युथ फोर्स काठमाडौं भ्याली कमाण्डको घोषणा तथा शपथग्रहण कार्यक्रममा शनिबार यहाँ बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । जनताको विरुद्धमा कुनै काम नगर्न उहाँले युथ फोर्सका नेतृत्वलाई सचेत गराउनुभयो । देश, जनता र संविधानको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि उहाँले बताउनुभयो ।

जनताको जीवन निरिह बनेका बेला, राष्ट्र कमजोर भएकाबेला सुरक्षाका लागि युथफोर्स त्यतिबेला गठन भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले पुनः मुलुकमा युथफोर्सको आवश्यकता भएकाले पुनः सक्रिय गराइएको बताउनुभयो । “जनतालाई भ्रममा पार्ने कुनै काम नगर्नु, रोजगारी र स्वरोजगारीका लागि सामुहिक ढङ्गले अभियान चलाउनु” महासचिव पोखरेलले भन्नुभयो ।

जनतामाथि आतंकको राज चलाउन चाहनेहरुको विरुद्ध युथफोर्स अनिवार्य भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले यसअघि सशस्त्र युद्धकाबेला युथफोर्सले गरेको काम जनताबीच प्रसंशनीय भएको स्मरण गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई ध्वस्त गर्ने प्रयास भएमा त्यसको विरुद्ध युथफोर्स परिचालन हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले हिंसा, आतंक र जनताको विरुद्धमा भएको कामको युथ फोर्सले भण्डाफोर अभियान चलाउने बताउनुभयो । युथ फोर्स देशको रुपान्तरणका निम्ति गठित शक्ति भएकाले राजनीतिक विकृतिको अन्त्य, लोकतन्त्रको रक्षा, संविधानको रक्षा तथा राष्ट्रियताको पक्षमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रम अघि काठमाडौंको विभिन्न ठाउँबाट युथ फोर्सको शक्ति प्रदर्शन गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …