तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले बालविवाह अन्त्य गर्न समुदाय नै परिचालन गर्ने भएको छ । नगरपालिकाले आज आयोजना गरेको बालविवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तक्र्रियामा सहभागीहरूले अहिले पनि बालविवाह नघटेकाले समुदाय नै परिचालन भएर जानुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले बालविवाह रोक्न सिङ्गो समुदाय परिचालन हुनुपर्ने बताउनुभयो । अधिवक्ता अनिता जधारीले विसं २०७५ अगाडि १८ वर्षपछि मात्र बिहे गर्नेमा २०७५ पछि २० वर्षपछि मात्र बिहे गर्नुपर्ने प्रावधान नेपालको कानूनमै उल्लेख भएको बताउनुभयो । उहाँले २० वर्ष अगाडि बिहे गर्दा जन्मने बच्चाको नागरिकता नपाउने, सामाजिक तथा कानूनी अधिकारबाट बञ्चित हुनुपर्नेजस्ता समस्या आइपर्ने बताउनुभयो ।

उहाँले बालविवाह गरेमा दुवै पक्षले कानूनी सजाय पाउने बताउँदै कोभिड–१९ कै महामारीका कारण नयाँ प्रविधि अनलाइन कक्षाका कारणले विभिन्न सामाजिक सञ्जालको माध्यमबाट विभिन्न खालका असामान्य र अव्यवहारिक अश्लिल गतिविधि बढ्दै गरेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालको माध्यमबाट शारीरिक तथा मानसिक दुव्र्यवहारहरूले बढेको, यौन दुव्र्यवहारको शिकार र परिवार र नजिक सम्बन्धभित्रकै व्यक्तिबाट यौन दुव्र्यवहार हुने गरेको बताउनुभयो । कार्यक्रमका वक्ताहरूले वडा कार्यालयले समुदायलाई बालविवाह रोक्न परिचालन गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …