तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन ।

साताको पहिलो दिन आइतबार भएको शेयर कारोवारमा होटल तथा पर्यटन उपसमूहको शेयरमा उल्लेख्य वृद्धि भएको छ । कूल १३ उपसमूहमध्ये आज १० उपसमूहको शेयर ओरालो लाग्दा तीन उपसमूहको शेयर भने उकालो लागेको छ । उकालो लागेकामध्ये सबैभन्दा बढी कमाउनेमा होटल तथा पर्यटन उपसमूह रहेको छ । सो उपसमूहको शेयर ८६.३८ बिन्दुले उकालो लागेको छ ।

ओरियण्टल होटलको मात्रै आज प्रतिकित्ता रु ५७ ले वृद्धि भई रु ७३० मा कारोबार भएको छ । यस्तै, नेप्से ओरालो लागे पनि अन्य उपसमूह १५.०१ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.४८ बिन्दुले घटेर दुई हजार ८३४.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३३ बिन्दुले घटेर ५२८.४५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकम समेत घटेको छ । कूल २२४ कम्पनीको एक करोड आठ लाख ४२ हजार २२१ कित्ता शेयर रु पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार २५७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.९, व्यापार १७.६२, विकास बैंक ४५.४६, जलविद्युत् ३.३५, वित्त ३९.२६, निर्जीवन बीमा ११९.७९, उत्पादन २४.४२, लघुवित्त २५.८६, जीवन बीमा ४४.९९ र लगानी ०.४५ बिन्दुले ओरालो लागेको छ ।

कारोवार भएकामध्ये नेपाल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ५७ लाख १६ हजार ५८९ बराबरको कारोवार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ४६ लाख ५८ हजार, माथिल्लो तामाकोशी रु १६ करोड २४ लाख ४२ हजार ७३८, हिमालयन डिस्टिलरी रु १३ करोड ६४ लाख ६९ हजार ५११ र नेशनल हाइड्रोपावर रु १३ करोड ३४ लाख १६ हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, गुडबिल फाइनान्सको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ओरियण्टल होटल ८.४७, सिइडिबि हाइड्रोपावर ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६ र नेपाल फाइनान्सका शेयरधनीले ४.०३ प्रतिशतले कमाए । त्यस्तै, माछापुच्छ्रे बैंकको ऋणपत्र ५.३८, एसबिआई बैंकको ऋणपत्र ५.३६, पोखरा फाइनान्स ४.४७, गुर्खाज फाइनान्स ४.२६ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ४.१८ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …