काठमाडौँ । कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो । सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । जसअनुसार बिहीबार पहिलो खेपको सामग्री स्पेन सरकारले पठाउँदैछ ।
बुधबार पनि युरोपियन युनियन र स्पेनले नेपाल सरकारलाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युरोपियन युनियन तथा स्पेनका विदेश एवं सहयोग मन्त्रालयका मन्त्री तथा स्पेनका सहयोग मन्त्री अरन्चा गोञ्जालेज लायाबीच बुधबार भएको टेलिफोन वार्तामा सो प्रतिबद्धता आएको हो ।
वार्ताका क्रममा नेपाल र युरोपियन युनियन तथा स्पेनका सम्बन्धका विविध पक्ष र सहयोग आदान–प्रदानका विषयमा थप छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो ।
विदेशमन्त्री गोञ्जालेज लायाले नेपालमा रहेका स्पेनी नागरिकलाई फिर्ता पठाउनका लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले द्विपक्षीय तथा अन्य विभिन्न माध्यमबाट नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो । यसैबीच स्पेन सरकारले नेपाललाई अत्यावश्यकीय चिकित्सा सामग्री बिहीबार पठाउँदैछ ।
चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने ती सामग्री बिहीबार अपरान्ह नेपाल भित्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । ती सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीई लगायतका सामग्री रहेका छन् । स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले सो सामग्री स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्नुहुनेछ ।
मन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख निर्मल काफ्लेले अमेरिका र युरोपका अरू मुलुकलेसमेत यथाशीघ्र नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालेको जानकारी दिँदै जर्मनी, स्विजरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको जानकारी दिनुभयो ।
मध्यपूर्वका विभिन्न मुलुकले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ । परराष्ट्र मन्त्रालयका मध्यपूर्व महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले सोहीअनुसार पहल र प्रक्रिया अगाडि बढेको जानकारी दिँदै अहिले त्यस क्षेत्रका अधिकांश देशमा इद पर्व चलिरहेकाले केही ढिलाइ भएको र तर छिट्टै नै मध्यपूर्वका नेपालका मित्र राष्ट्रले स्वास्थ्य सहयोग पठाउने प्रतिबद्धता आइरहेको बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …