तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वातवरणीय परिस्थितिका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकोले भन्दै चैत १७ गतेदेखि  चैत्र २० गते शुक्रवार सम्म पठनपाठन बन्द गरी विद्यार्थीहरूलाई विदा दिने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले सोमबार एक सूचना जारी गरी विगत केही दिनदेखि वायुमण्डलमा देखा परेको अस्वाभाविक वातवरणीय परिस्थितिका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकोले यस गम्भीर अवस्थालाई दृष्टिगतगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरूका नियमित प्रशासनिक कार्यहरू यथावत सञ्चालन हुनेगरी चैत १७ गतेदेखि  चैत्र २० गते शुक्रवार सम्म पठनपाठन बन्द गरी विद्यार्थीहरूलाई विदा दिने निर्णय गरेको सम्बन्धित सबैको जानकारीकालागि सूचना प्रकाशन गरेको हो । 

पूर्वनिर्धारित कार्य तालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका त्रि.वि.का निकायहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू यथावत सञ्चालन गर्न निर्णयानुसार सूचित गरिन्छ जारी सुचनामा उल्लेख छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …