तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

देशको सबैभन्दा ठुलो राजनीतिक पार्टी ( नेपाल कम्युनिष्ट पार्टी ) नेकपाका दुई अध्यक्षद्धय क. पुष्पकमल दाहाल प्रचण्ड र अर्का क. केपी शर्मा ओलीको आन्तरिक राजनीतिक किचलोको कारण फुटेसंगै देशको राजनीति तरंगित बनेको छ ।

अझ सर्वोच्च अदालतले पुर्व एमाले र पुर्व माओवादी ब्युँताईदिएसंगै अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा धेरै  भन्दा धेरैको ध्यान गईरहेको छ ।

दुई तिहाई बहुमतसहित पांच वर्षको लागि यात्रा तय गरिसकेको नेकपाले यसरि बिचमा नै फुटको राजनीति देखाएपछी जनताको आस्था र विश्वास कहिल्यै पनि नपलाउने गरि टुटेको प्रष्ट देख्न सकिन्छ  ।

देशका नागरिकले अस्थिर राजनीतिको अनुभव गर्न नपाउनु अहिलेको ठुलो विडम्बना हो ।  नेकपाको सरकार बनेसंगै जनताहरुले अस्थिर राजनीतिको अनुभव गर्न पाउने आशा पलाएको थियो तर देशका राजनीतिज्ञहरुले जनताको मर्म र भावना नबुझेपछि जनताहरुको अस्थिर राजनीति देख्न पाउने सपना बिचैमा तुहेको छ ।

देश राजनतिक संकटको दलदलमा फंसेको छ, यसलाई माथि उठाउनको लागि कुशल नेतृत्व गर्ने शासक आवश्यक परेको छ । नेकपा फुटेर साविककै एमाले र माओवादीमा रुपान्तरण भएपश्चात अब देश बनाउनको लागि नयाँ सरकार गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

नयाँ सरकार बनाउने विषयमा आजकल दैनिकजसो विभिन्न पार्टीहरुबीच भेला र छलफल चलिरहेको नै छ । आफ्नो पक्षमा सांसदहरु जुटाउने कसरतमा नेताहरु लागिपरेका छन् ।  तर कसले कसको नेतृत्वमा बनाउने भन्ने कुराको ठोस निष्कर्षमा अहिलेसम्म कुनै पार्टी पुग्न सकिरहेका छैनन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई पर्ख र हेरको अवस्थाबाट नियालिरहेको नेपाली कांग्रेस अब भने आफू नेतृत्वको सरकार गठनका लागि तातेको छ । सभापति देउवाले फेरि पनि प्रधानमन्त्री बन्नका लागि पार्टीभित्र र बाहिरबाट ‘ग्रीन सिग्नल’ पाएका छन् ।

अब सत्ताको साँचो कांग्रेसको हातमा हुनुपर्ने भन्ने तर्क आजकल धेरै सांसदहरुले गर्न थालेका छन् ।  नेपालि जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने कुरामा आजकल कम मतभेद देखिन थालिएको छ ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस सरकारमा जाने भन्ने विषयले बजार तातेको छ, तर कांग्रेसका सभापति शेरबहादुर देउवा भने यस विषयमा तटस्थ देखिएका छन् ।  प्रधानमन्त्री पद पाए नछोड्ने तर त्यहि पदको लागि मरिहत्ते नगर्ने भन्ने उनको पवित्र तर्क छ ।  त्यस्तै कांग्रेसका अन्य नेताहरुले पनि अहिले नै कांग्रेस सरकारमा जान नहुने तर्कहरु दिंदै आएका छन् ।

कांग्रेसले यतिबेला नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि चलिरहेको अन्तरसंघर्षलाई नजिकबाट नियालिरहेको छ भने, उनीहरुको राजनतिक अडान बुझ्नको लागि भित्रभित्रै जासुसी पनि गरिरहेको छ ।

कांग्रेसका शिर्ष नेताहरुको धारणा फरक फरक भएपनि उनीहरुको एउटा साझा धारणा भनेको प्रधानमन्त्रीलाई बिदाई गर्ने नै रहेको छ ।  नेपालि कांग्रेसले प्रतिगमनतर्फ कदम, असंवैधानिक कदम चालेका तथा सत्तामा शासन गर्नका लागि नैतिक रूपमा गम्भीर प्रश्न उठिसकेको प्रधानमन्त्री जीलाई विदाई गर्ने कुरालाई प्रधानरूपमा लिईराखेको छ ।

कम्युनिष्ट पार्टीको गैरकम्युनिष्ट आचरणबाट पछिल्लो समय देशका नागरिकहरु विचलित बनेका छन् । देशलाई सहि दिशामा लैजानको लागि सारा जनताहरुले कम्युनिष्ट पार्टीको विकल्प पनि खोजिरहेको प्रष्ट देख्न सकिन्छ । यसको मतलब देशावासिहरुले फेरी एकपटक कांग्रेसको शासन देख्न चाहन्छन ।

त्यसैले नेपालि जनताहरुको कांग्रेसमा विश्वास देखिएसंगै अबको शासनसत्ता कांग्रेसको हातमा पुग्नपर्छ भन्ने कुरामा सब्नैको मत छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …