तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएसंगै देशमा नयाँ सरकार गठनको रस्साकस्सी चलेको छ ।

सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ। नयाँ सरकार गठन हुनुभन्दा अगाडी नै प्रधानमन्त्रीले राजिनामा देलान या नदेलान भन्ने विषयमा यतिबेला सबैको चासो चलिरहेको छ ।

नयाँ सरकार कसरि र कुन दलको नेतृत्वमा बन्ला भन्ने प्रश्नले यतिबेला सबैलाई सताईरहेको छ । सरकार गठनको गृहकार्यमा जुटिरहेका राजनीतिक दलहरुले एक अर्कासंग सहकार्यको प्रस्ताव गर्ने क्रमहरु दिनानुदिन बढ्दै गईरहेको छ ।

सरकार गठनको विषयमा विभिन्न दलहरुले छुट्टाछुट्टै छलफल चलाए पनि हालसम्म कसको नेतृत्वमा बन्ने भन्ने कुराको टुंगो लाग्न सकेको छैन ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकारका लागि नयाँ अंकगणित सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन जसपाको साथ खोजेका छन् भने माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा एमाले इतरको सरकार बनाउन प्रस्ताव गरेको छ ।

प्रमुख प्रतिपक्षी दलको भूमिका निभाएको नेपाली कांग्रेसले बाहीरबाट हेर्दा सरकारमा जाने या नजाने भन्ने विषयमा हालसम्म कुनै पनि किसिमको ठोस निर्णय गर्न सकेको नदेखिए पनि आन्तरिक रुपमा गृहकार्य सुरु गरिसकेको बुझ्न सकिन्छ ।

हिजो शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा नेताहरुले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थाल्न आग्रह गरेका छन् ।

कांग्रेस र जसपाको वार्ता सकारात्मक देखिन थालेको छ । जसपाको शिर्ष नेताहरु डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव लगायतका नेताहरुले कांग्रेसका नेताहरुसंग गरेको भेटले देखाएको छ कि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनुपर्छ भन्ने पक्षमा उभिएका छन् ।

कांग्रेस नेता विस्वप्रकाश शर्मा, गगन थापा लगायतका अन्य नेताहरुले अबको सरकार कांग्रेसको नेतृत्वमा बन्नुपर्ने बताउंदै आएका छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डसँग मिलेर गठबन्धन गरिरहेका नेता माधवकुमार नेपाल र उनको पक्षलाई अदालतको आदेशले अप्ठेरो पारेको छ भने पछिल्लो फैसलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई केही कमजोर बनाइदिएको छ यसकारण उनीहरुलाई सरकारमा जान त्यति सजिलो भने छैन  ।

तत्कालीन नेकपा विभाजन उन्मुख हँदा कमजोर देखिएका ओलीको अवस्था अहिले भने एमालेको संसदीय दल र केन्द्रीय समिति दुवैमा बलियो देखिन्छ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसको ६३ सिट रहे पनि उसका एक जना सांसद जेलमा छन् भने अर्का निलम्बित रहेका छन्। वर्तमान राजनीतिक तरंगले नेपाली कांग्रेसलाई भने फाइदा नै पुगेको छ । कांग्रेसबाट नै प्रधानमन्त्री बनाउने भन्ने विषयमा एमाले सकारात्मक देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन ।

राजनीतिक घटनाक्रमले नेपाली कांग्रेस पनि बलियो हुन् पुगेको छ । अब राजनीतिक समस्याहरुलाई हल गरेर अगाडी बढ्न आवस्यक छ, जनताहरुलाई राजनीतिक स्थायित्वको आभाष दिन आवश्यक छ, यसको लागि नेपालि कांग्रेस निर्णायक हुने सम्भावना बढी छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …