तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झन्डै दुईतिहाईको समर्थनमा सरकार संचालनको नेतृत्व पाएको नेकपा आन्तरिक रुपमै राजनीतिक समस्या हल गर्न नसकेपछि टुक्रिएर यस्तो अवस्थामा आएपछि देशको राजनीतिक अवस्था तरंगित बन्न पुगेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले विवादास्पद ‘छवी’ बनाएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री अहिले झन् शक्तिशाली बनेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन देखि सर्वोच्च अदालतले गरेको संसद विघटन बदरसम्मको समयको अवधिलाई हेर्यौं भने हरेक पार्टीका  राजनीतिज्ञहरु आफ्नो व्यक्तिगत स्वार्थ अनुसार चलेको देख्न सकिन्छ ।

ओलीलाई एक्लो बनाउनको लागि तत्कालिन नेकपाका तथा वर्तमान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग मिलेका एमालेका नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । संसद पुनर्स्थापना भएदेखि केपी ओली आफै साईड लाग्छन भन्ने यी नेताहरुको सजिलो अंकगणित थियो तर संसद पुनर्स्थापना भएतापनि यिनीहरुको आंकलनसंग म्याटर मिलेन, केपी ओली यिनीहरुले सोंचेजस्तो कमजोर अलिकति पनि भएनन् ।

सर्वोच्च अदालतले पहिल्यैकै नेकपा एमाले र माओवादी ब्युँझाईदिएसंगै केपी ओली झन् शक्तिशाली बन्न पुगे, यसको कारण वर्तमान सरकारका सांसदमध्ये झन्डै १२० को हाराहारीमा सांसद उनीसंग हुनु, माओवादी, कांग्रेस तथा अन्य पार्टीका संसदको तुलनामा यिनको पक्षका सांसद संख्या धेरै भएपछी ओली शक्तिशाली हुनु स्वाभाविक नै थियो ।

प्रधानमन्त्रीले हिजोको समयमा अध्यादेश ल्याउँदा उनले सबै राजनीतिक दलबाट गालि खानुपरेको थियो, त्यसपछि उनले संसद विघटनको प्रस्ताव ल्याए, सोहीअनुरूप संसद विघटन पनि भयो, संसद विघटन भएपछी त झन् देशको राजनीतक अवस्थामा एक सय असि डिग्री नै भिन्नता आयो । यस्तो हुँदासम्म केपी ओली विचलित भएनन्, उनको राजनीतिक जीवन सकिएको भन्ने अरु राजनीतिक दलको कुरा सुनेर उनि दुखि हुन्थेनन ।

नेकपा विभाजन भएपछी प्रचण्ड पक्षका नेताहरुले नेकपाको आधिकारिकता आफ्नै पक्षमा आउँछ भन्ने कुरा प्रचारप्रसार गरिरहन्थे ओलीले यो सबै कुरा सुनेर मात्र बसे, मात्र सुनेर बसे ।

देशमा जति पनि राजनीतिक उतारचढावहरु आए ओली कत्ति पनि आत्तिएका थिएनन । प्रचण्ड पक्षले हरेक सभा सम्मेलनमा जाँदा ओलीको  धेरै कुराहरु गर्थे, तर ओली सभामा गएर बोल्दा प्रचण्डको बारेमा केहि भन्थे तर उनको भाषण प्रचण्ड पक्षको जस्तो एकोहोरो मात्र हुन्थेन, उनले देश, सम्वृद्धि, विकाश जस्ता कुराहरुलाई भाषणमा बढी जोड दिन्थे ।

प्रधानमन्त्री ओलीको  जन्मदिनकै दिन सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर भएको फैसला सुनाएको थियो । त्यो दिनको त्यो फैसला ओलीको लागि जतिसुकै अप्रीय भएतापनि उनि विचलित भएका थिएनन, उनि अझै पनि कत्ति पनि निराशापना नभईकन  अझै पनि खुशी नै भएका थिए । देशमा ठुलै राजनीतिक क्रान्ति भएजस्तो लयमा उता चितवनमा  प्रचण्ड-माधव पक्षले तानाशाहको हार भन्दै लड्डु पार्टी गरेको थियो ।

सर्वोच्च अदालतले संसद विघटन बदर भएको फैसला सुनाएपछी अधिंकाशले त्यसलाई एउटा राजनीतिक जितको रुपमा लिएका थिए, धेरैले ओलीको राजनीतिक जीवन समाप्त भएको आंकलन गरेका थिए, तर अलिकति पनि त्यस्तो भए । प्रतिनिधिसभालाई सर्वोच्च अदालतले बचाएँपछी र नेकपालाई पहिलाको जसरी माओवादी र एमालेमा सेप्रेट गरिसकेपछि , अरुले राजनीतिक जीवन समाप्त भएको अंकगणित गरेका ओली एकाएक हुकुमको एक्का बनेर पो निस्किए । यो कुरा देशका धेरजसो पार्टीका लागि पूर्णरुपमा अनपेक्षित रहेको थियो ।

सांसदको जोडघटाउ गर्ने हो भने प्रधानमन्त्री ओली अहिले सबैभन्दा पहिलो स्थानमा छन् ।

हिजो त्यस्तो अवस्थामा पनि विचलित नभईकन आफ्नो कार्य सम्हाल्दै आएका ओली अहिले शक्तिशाली  त छन् नै, यो बाहेक उनले अबका दिनहरुमा कसरि अगाडी बढ्ने या आफ्नो अहिलेको अवस्थालाई कसरि मेन्टेन गरेर  लैजाने भन्ने विषयमा उनले रोडम्याप बनाईसकेका छन् । उनले आफ्नो सरकार बनाउनको लागि जुनसुकै संयन्त्र प्रयोग गरेर पनि अगाडी बढ्न तयारि अवस्थामा छन्, सरकारमा आफ्नो अधिपत्य जमाउनको लागि उनले आफ्नो स्पष्ट रोडम्याप बनाईसकेका छन् । त्यसको लागि उनले दुइवटा विकल्पलाई प्राथमिकता दिएर अगाडी  बढ्नेछन, पहिलो सरकारको बाकीं अवधि आफै पुरा गर्ने भने दोस्रो मुलुकलाई अर्ली इलेक्सनमा लैजाने ।

कुन राजनीतिक दललाई के दिन सक्यो भनेर समर्थन आउँछ भनेर ओलीले भित्रभित्रै नै हिसाब गरिरहेको नेताहरु बताउँछन् । ओली जसरी पनि आफुलाई फाईदा हुने बाटोमा लाग्नेछन, यिनी घाटा हुने तरिकाले कहिल्यै काम गर्दैनन् ।

अर्को अचम्मित कुरा के छ भने, ओली सरकारविरुद्धमा लागेका यति धेरै राजनीतिक दलहरुले अहिलेसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकेका छैनन, नेपालि कांग्रेसका सभापति  देउवाले प्रष्टरुपमा नै प्रधानमन्त्रीविरुद्धमा अविश्वासको प्रस्ताव नल्याउने भनेका छन् । यस्तै अन्य राजनीतिक दलहरुले पनि यो यो विषयमा ठोस  निष्कर्ष निकाल्न सकेका छैनन् । यसले प्रधानमन्त्रीलाई थप सशक्त बनाउनको लागि सहयोग गरेको छ ।

यी सबै कुराहरुलाई मिलाएर बुझ्दा के बुझ्न सकिन्छ भने, प्रधानमन्त्रीको आत्मबल हिजो पनि बलियो थियो, आज पनि छ र भोलि पनि हुनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …