देशको राजनीतिक अवस्था अहिले एकदम जटिल अवस्थामा पुगेको छ । यो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस र विशेष गरेर सभापति शेरबहादुर देउवाले निकाशका लागि पहल गर्नुपर्ने हो । तर वर्तमान परिस्थितिमा कांग्रेस अल्ली सुस्त देखिएको जस्तो देख्चिन्छ ।
प्रमुख प्रतिपक्षी दलको हिसाबले सत्तारुढ नेकपामा आएको समस्या लाई हल गर्ने काम पनि कांग्रेसकै हो तर कांग्रेस यतिबेला तै चुप मै चुपको स्थितिमा देखिएको छ । पौष ५ गते प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले संसद विघटन गरेपछि संविधान माथिको चिरहरण भएको मानिएको थियो । फाल्गुन ११ गते सर्वोच्च अदालतले केपी ओलीको कदम त सच्यायो तर ओलीको स्वेच्छ्चारिता भने सच्याउन सकेन । यतिबेला देशले प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेपालि कांग्रेसको दृष्टिकोण खोजिरहेको छ ।
गत फाल्गुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताईदिएपछि नेपालको राजनीति कोर्स फरक ढंगबाट अगाडी बढिरहेको छ । बहुमतको सरकार यतिबेला माओवादी केन्द्रले प्राविधिक रुपमा अल्पमत बनाईदिएको छ । यो अवस्थामा प्रधानमन्त्री ओलीले आगामी वैशाख २३ गते भित्र विश्वासको मत लिईसक्नुपर्ने हुन्छ तर माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको अवस्थामा के गर्नुपर्छ भन्ने संविधानले स्पष्ट व्याख्या गरेको पाईंदैन ।
नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ सरकार बनाउने भन्ने विषयमा उदार भावका साथ् प्रस्तुत भएका छैनन् । सत्तारुढ नेकपा र त्यसपछि एमाले को विभाजनको परिस्थिति नियालेर बसिरहेका देउवा आगामी निर्वाचनमा पहिलो दल हुने परिकल्पना गरिरहेका छन् तर नेपालि कांग्रेसको ईतिहासले उनलाई बिनापरिश्रम पहिलो हुने छुट पक्कै दिदैंन । त्यसको लागि उनले आफ्नो पार्टीको संगठनिक संरचनालाई बलियो पार्नुपर्ने देखिन्छ यदि नेकपा एमालेबाट नेपाल समुह र माओवादी केन्द्रबाट प्रचण्डको गठबन्धन बन्यो भने कांग्रेस र ओली एमालेको पार्टीलाई हराउने सामर्थ्य राख्न सक्छ । त्यसैले प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसले अब कत्ति पनि ढिला नगरिकन सरकारको नेतृत्व गर्नका लागि अघि सर्नुपर्न आवश्यक देखिन्छ ।
स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ काठमाडौँ। सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल …
काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका …
काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर …
काठमाडौँ। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित …