तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं।आगमन सञ्चार प्रालिद्वारा सञ्चालित आगमनखबर डट्कम (www.aagmankhabar.com) आजदेखि दोर्सो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला हाम्रा आमपाठक, लेखक, स्तम्भकार, शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।

तपाईंहरूले आगमनखबरप्रति दर्शाएको माया, दिएका प्रतिक्रिया र गरेका खबरदारीले आज हामी यो स्थानमा छौं । तथ्यमा आधारित सही र सन्तुलित सामग्री तपाईंहरूसमक्ष पुर्‍याउने हाम्रो यात्रा अविचलित रहनेछ । 

‘सत्य सुचानाको खानी’ भन्ने नारासहित गत वर्षदेखी हामीले आगमनखबर डट्कमको यात्रा शुरू गरेका हौं । काम गर्ने क्रममा कतिपय कमजोरी भए होलान्, गत वर्षको अवधिमा सही सूचना दिन सफल रह्यौं भन्ने विश्वास छ ।

यतिबेला कोरोनाभाइरस (कोभिड १९) का कारण सिंगो विश्व गहिरो संकटमा छ । यो रोगका कारण धेरैको ज्यान गयो । लाखौं संक्रमित छन् । दशकौंदेखि प्रकाशित हुँदै आएका पत्रपत्रिका बन्द गरेको समयमा पनि जनताको सूचनाको तिर्खा मेटाउन हामी निरन्तर प्रयत्नरत छौं । 

विश्वले कल्पना नगरेको अहिलेको महासंकटको समयमा डिजिटल पत्रिका (न्यूज पोर्टल) को भूमिका झनै प्रभावकारी भएको हामीले महसूस गरेका छौं । कोरोनाभाइरसले ज्यान गुमाउनेको पीडा एकातिर होला, बाँच्नेको पीडा झनै भयाभह बन्दैछ । यो रोगका कारण विश्व अर्थतन्त्र भयानक संकटमा फसेको छ ।

पक्कै पनि त्यसबाट नेपाल र हामीजस्ता मिडिया अछुतो हुने कुरा भएन । जस्तोसुकै कष्टप्रद स्थितिमा पनि सुसूचित हुन पाउने जनताको अधिकारको रक्षाका लागि हाम्रो उपिस्थति डगमगाउने छैन ।यतिबेला टिक्नु पनि ठूलो विषय हुनेछ । हामी संकटमा पनि सही, स्थलगत, खोज र विश्लेषणात्मक सामग्रीको सम्प्रेषणमा अविचलित रहने छौं । 

दोर्सो वर्ष प्रवेशको अवसरमा हामी पुनः प्रतिबद्धता जनाउँछौं– लोकतान्त्रिक मूल्य मान्यता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र जनताको सुशासनको चाहनामा कसैसँग सम्झौता हुने छैन । तपाईंहरूलाई सुसूचित गर्न हामी तपाईंको घरमै आउनेछौं । घरमा इन्टरनेट सुविधा छ भने आगमनखबर डट्कम हेर्नुहोस्, देश विदेशमा भैरहेका सूचनाबाट वञ्चित रहनुपर्ने छैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …