तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएसँगै देशले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकार पाएको छ ।

देशले प्रत्यक्ष रुपमा राजनीतिक अस्थिरता खेपिरहेको बेलामा झन्डै १७ महीना लामो समय नेतृत्व गर्ने सरकार आउनु भएको सुखद पक्ष हो ।

देशले एकातिर राजनीतिक अस्थिरता खेपेको छ भने अर्कोतिर कोरोना महामारीले देशको हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । यस्तो परिस्थितिमा नेपाली कांग्रेसलाई सबैको चित्त बुझाएर देउवा नेतृत्वको टिमलाई सरकार चलाउन पक्कै पनि सहज छैन । यस्तो बेलामा सरकार चलाउन नेतृत्वमा आएको नेपाली काँग्रेसले कसरी सरकार चलाउला भन्ने कुरामा धेरैले चासो पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले सानो मन्त्रीको टिम बनाएर सरकार चलाइरहेका छन् । देउवाको सरकार गठन भएपछि सरकारले काम गरेन भन्दै टिकाटिप्पणीहरु आएको छ । सरकार गठन भएको यतिका दिन बितिसक्दा पनि मन्त्रीमण्डल गठन नहुँदा चौतर्फी आलोचनाहरु उठिरहेको छ । चौतर्फी आलोचना भएर केही हुँदैन किनभने देउवा नेतृत्वको सरकारसँग देशलाई कसरी अगाडी बढाउने भन्ने स्पष्ट भिजन छ ।

अहिलेको सरकार नेपाली कांग्रेसको मात्रै छैन । यो नेपाली कांग्रेसम, नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेले मिलेर बनाएको सरकार हो । तर अहिलेसम्म जसपा र एमालेको माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी भएको छैन ।

विभिन्न राजनीतिक दलहरु मिलेर बनेको सरकार हुनाले अहिलेको सरकारले देशलाई सही दिशातर्फ लैजान्छ भन्ने कुरामा धेरैले विश्वास व्यक्त गरेका छन् । सरकारमा भिन्न-भिन्न राजनीतिक दलहरु समावेश हुनु भनेको एकदमै सकारात्मक पक्ष हो ।

निवर्तमान प्रधानमन्त्री ओली सरकारले निम्त्याएको बेथितिलाई अहिलेको सरकारले परास्त गर्नैपछ अहिलेको सरकारलाई यो ठुलो चुनौती पनि हो । मन्त्रिपरिषद बैठकले गरेका निर्णयमाथि प्रहार गर्ने केही तत्वहरु अहिले पनि हावी छ ।

देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि केही मानिसहरुले त्यसको विरोध गरिरहेका छन् । त्यस्तै यसभन्दा अगाडी गृहमन्त्री र उर्जा मन्त्रीमा देउवाले बालकृष्ण खाँण र पम्फा भुसाललाई नियुक्त गरेपछि केही असन्तुष्ट पक्षले विरोध गरेका थिए । कठिन राजनीतिक समीकरणबाट बनेको सरकारका मन्त्रीहरुमाथि अनावश्यक प्रहार भएका अभिव्यक्तिलाई सरकारले सुन्न जरुरी छैन ।

नेकपा एमालेका सांसदहरुले अहिले कांग्रेस सरकारको विरोध गरिरहेका छन् । सरकार गठन भएको महिना दिन पनि पुगेको छैन । विभिन्न क्षेत्रहरुलाई उकास्नका लागि सरकारले गृहकार्य अगाडी बढाएको छ सम्पन्न हुनेवाला छन् । काम गर्दै गरेको सरकारको विरोध गर्नु कुनै राम्रो संकेत होइन ।

हुन् त देउवा सरकार आएपछि जेलमा रहेका विजय गच्छादार छुटे, बलात्कार मुद्दामा परेका पूर्वसभामुख कृष्णबहादुर महरालाइ पनि अदालतले सफाई दिएको छ । देउवा सरकार आएपछि अपराधीहरु छुटे भन्दै अफवाह फैलाउनेहरुको जमात ठुलै छ । उनीहरुलाई किन तथा कसरी छुटाइयो या सफाई दियो भन्ने कुरा नै नबुझी अन्य पार्टीको अन्धभक्त भएर एकोहोरो सरकारको विरोध गर्नु जायज पक्कै होइन ।

एउटा कुरा के भने सरकारले गर्न लागेको कामको नतिजा नहेरी सरकारको विरोध गर्नु भनेको अर्को पार्टीको अन्धभक्त भएको प्रष्ट हुनु हो । केही एमालेका कार्यकर्ताहरुले सामाजीक संजालमा ग्रुप बनाएर सरकारको विरोध गरिराखेका छन् । केही आधार बिनाको विरोधले कसैलाई पनि केही हुँदैन ।

सरकार चलाउँदै गर्दा धेरै आलोचना सहेर पनि अगाडी बढ्नुपर्छ भन्ने कुरा अहिलेको सरकारले राम्रोसँग बुझेको छ । प्रधानमन्त्री देउवा नेतृत्वको समूहले सरकार राम्रोसँग चलाउने कुरामा धेरैको विश्वास रहेको छ । काँग्रेसले जनताको आशालाई निराशामा नबदलोस, देशका हरेक नागरिकले सरकार भएको महशुस गर्न पाउन् ।

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …