तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झण्डै ४३ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.९५ अंकले वृद्धि भई २ हजार ४७५.०९ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५५ ले वृद्धि भई ४४४.१५ मा पुगेको छ । बिहीवार कूल २१३ कम्पनीका १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँमा कारोबार भएको छ ।

बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३४ खर्ब १७ अर्ब ३४ करोड ४७ लाख २० हजार रुपैयाँ पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबैको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २६.११, होटल तथा पर्यटन ११२.८८, विकास बैंक २४.३७, जलविद्युत् ३.१५, वित्त १४.१५, निर्जीवन बीमा १९१.०८, उत्पादन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३, जीवन बीमा ४१५.४७, सामूहिक लगानी कोष ०.०६ र लगानी उपसमूहको शेयर १.९५ ले वृद्धि हुँदा व्यापार भने ३९.६ ले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ७७ करोड ३ लाख १८ हजार ७९० रुपैयाँ बराबरको कारोवार भयो । नेपाल पूर्वाधार बैंकको २१ करोड ६६ लाख ९५ हजार २७८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १३ करोड ४४ लाख ९५ हजार ८६६, नेपाल पुनःबीमा कम्पनीको १२ करोड ३६ लाख ५६ हजार १६६, माथिल्लो तामाकोशीको १२ करोड १२ लाख ८३ हजार १७७, नेको इन्स्योरेन्सको ११ करोड २९ लाख ६३ हजार १५५ र नबील बैंकको ११ करोड २४ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

युनाइटेड इदिमर्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स लिमिटेड ९.९६, नेपाल बंगलादेश बैंक ९.७५, शिवश्री हाइड्रोपावर ७.०३ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४८ प्रतिशतले कमाए ।

जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.८५ प्रतिशतले गुमाए । आँखुखोला जलविद्युत् कम्पनी ६.३३, दिव्यश्वरी हाइड्रोपावर ५.३४, खानीखोला हाइड्रोपावर ५.००, रैराङ हाइड्रोपावर डेभलपमेन्ट ४.५५ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …