तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. राजकुमार राई

मानिस चेतनशील प्राणी भएकाले उसले हरसमय चिन्तन गर्दछ । त्यही चिन्तनको गम्भीर रूपलाई चिन्ता भनिन्छ । चिन्तालाई अर्को शब्दमा पीर मान्नु वा तनावमा हुनु भन्न सकिन्छ । हरेक मानिस केही न केही चिन्ताले बाँधिइरहेको हुन्छ । चिन्ताबेगरको मानिस पाउन गाह्रो हुन्छ । आफ्नो उमेर, पेशा र जिम्मेवारीअनुसार सबैले चिन्ता महसुस गरिरहेका हुन्छन् । खालि चिन्ताको प्रकृतिमात्र फरक हुन्छ । चिन्ताको मात्रा व्यक्तिपिच्छे फरक हुन्छ । कोही बढी चिन्ता गर्छन् भने कोही ज्यादै कम चिन्ता गर्छन् ।

साना केटाकेटीलाई खानु र खेल्नुको चिन्ता हुन्छ । अलिक ठूलो भएपछि जब स्कुलमा भर्ना गरिन्छ तब उनीहरूलाई पढाइ, गृहकार्य आदिको चिन्ता हुन्छ । साथीभाइजस्तै रमाइलो गर्न पाए हुन्थ्यो भन्ने चिन्ता हुन्छ । विद्यार्थीलाई कसरी परीक्षामा सफल हुने, कसरी राम्रो ग्रेड ल्याएर उत्तीर्ण हुने, कसरी छात्रवृत्तिमा नाम निकाल्ने भन्ने चिन्ता हुन्छ । हाईस्कुल वा कलेजमा पुगेपछि पढाइसँगै भविष्यको वृत्ति विकासको चिन्ता हुन्छ । जागिरे मानिसलाई जागिरसम्बन्धी चिन्ता हुन्छ । जागिरमा कसरी बढुवा हुने भन्ने चिन्ता हुन्छ ।

किशोर किशोरीबाट वयस्क हुँदै जाँदा बिहेवारीको चिन्ता हुन्छ । विवाह गरेर छोराछोरी भएपछि सबैभन्दा बढी छोराछोरीका बारेमा चिन्ता हुन्छ । बाबुआमाका लागि छोराछोरीहरू आफ्नो प्राणभन्दा प्यारा हुन्छन् । छोराछोरीको विवाह गर्नेबेला भएपछि अर्को चिन्ता थपिन्छ । बुढेसकाल लागेपछि फेरि अर्कै किसिमको चिन्ता हुन्छ । यसरी चिन्ताले मानिसलाई कहिलै छोड्दैन । खालि जीवनका विभिन्न चरणअनुसार चिन्ताका विषय फरक–फरक हुन्छन् ।

बुढेसकाल लागेपछि शरीर कमजोर हुन्छ । काम गर्ने क्षमता घटिसकेको हुन्छ । विभिन्न किसिमको रोगले समातेको हुन्छ । यस्तो अवस्थामा अरूको सहयोगको आवश्यकता पर्दछ । नेपाली समाजमा आफ्ना छोराछोरीले बुढेसकालका बाबुआमाको स्याहारसुसार गर्ने चलन छ । तर सबैका छोराछोरीले आफ्ना बाबुआमालाई स्याहारसुसार नगर्न सक्छन् । यदि त्यस्तो अवस्थामा उसको पेन्सन वा कुनै आम्दानीको स्रोत भएन भने उसलाई बाँच्न गाह्रो पर्छ । यस कुराले चिन्तित बनाउँछ । मानिसले बुढेसकालमा आफ्नो जीवनलाई कसरी सजिलोसँग व्यतीत गर्ने भन्नेबारेमा उमेर छँदै योजनाबद्ध ढंगले सोचेको हुनुपर्छ ।

मानिसको आचरणअनुसार चिन्ताको विषय फरकफरक हुन्छ । कुनै नराम्रा लतमा लागेकाहरूलाई त्यसैको चिन्ता, लेखपढ गर्नेलाई लेखपढसम्बन्धी चिन्ता, धनसम्पत्ति कमाउनेलाई धनसम्पत्तिको चिन्ता, समाजसेवीलाई समाजको चिन्ता, राजनीति गर्नेलाई राजनीतिको चिन्ता आदि विभिन्न किसिमका चिन्ता हुन्छन् । चिन्ता परिस्थितिअनुसार पनि फरक–फरक हुन्छन् । छोराछोरी नहुनेको चिन्ता र छोराछोरी हुनेको चिन्ता फरक हुन्छ । छोरा हुनेलाई भन्दा छोरी हुनेको चिन्ता अलिक फरक ढंको हुन्छ । त्यस्तै महिला र पुरुषबीचको चिन्ता फरक हुनसक्छ ।

कुनै चिन्ता छोटो समय हुन्छ । उदाहरणका लागि कहिलेकहीँ भान्सामा पकाउने तरकारी नहुन सक्छ । घरकी गृहणीलाई के तरकारी पकाउने भन्नेबारेमा चिन्ता हुन्छ तर त्यो चिन्ता छोटो समयमै सकिन्छ । कुनै चिन्ता लामो समयका लागि हुन्छ । उदाहरणका लागि छोराछोरीले बेलामा बुद्धि नपु¥याएर दुःख पाए भने बाबुआमाका लागि जिन्दगीभर चिन्ताको विषय हुन्छ । साधारण मानिसहरू आफ्नो र आफ्नो घर परिवारको मात्र चिन्ता गर्छन् भने असाधारण मानिसहरू ठूलाठूला विषयका बारेमा चिन्ता गर्दछन् । आफ्नो परिवारलगायत समाज र मानव कल्याणका बारेमा चिन्ता गर्दछन् । असाधारण व्यक्तित्वमा गौतम बुद्धलाई लिन सकिन्छ ।

चिन्ता प्रायःजसो समस्याले ल्याउँछ । समस्या विभिन्न कारणहरूले आउँछ । कुनै समस्या आफ्नै स्वभावका कारणले हुन्छ । कुनै समस्या आवश्यकता वा अभावले आउँछ । कुनै समस्या घरव्यवहार बिग्रेर आउँछ । कुनै समस्या अज्ञानता वा बाध्यताले आउँछ । कुनै समस्या भवितव्य परेर आउँछ । सुखमा त्यति चिन्ता हुँदैन । जब मानिसलाई दुःख पर्छ तब चिन्ता बढ्छ । चिन्ता हुने कारणलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ ः आन्तरिक कारण र बाहृय कारण ।

हरेक व्यक्तिका आआफ्ना किसिमका स्वभाव हुन्छन् । कोही ज्यादै कमलो र भावुक स्वाभावका हुन्छन् । कोही बढी महत्वाकाङ्क्षी र बढी आशावादी हुन्छन् । कोही अरूको प्रगति र उन्नति देखेर डाहा आहारिस गर्ने खालका हुन्छन् । यस्ता स्वभाव भएका मानिसहरू आफ्नै कारणले भित्रभित्रै चिन्तित भइरहेका हुन्छन् ।

राजदरबारभित्र सुखसयल र मोजमस्तीमा बसेका कमलो र भावुक स्वभावका राजकुमार सिद्धार्थ गौतमले जब मानिस जन्मेपछि बिस्तारै बुढो हुन्छ र एकदिन उसको मृत्यु हुन्छ भन्ने थाहा पाए, त्यसपछि उनी ज्यादै चिन्तित बनी आफ्नो परिवारसहित सारा सुखसयललाई त्यागेर मानिसको दुःखलाई कसरी जित्न सकिन्छ भनेर ज्ञानप्राप्तिमा लागे । विश्वप्रसिद्ध धेरै व्यक्तिका जीवनमा यो सन्दर्भ मिल्न जान्छ ।

बाहृय कारणले हुने चिन्ता अरूको कारण वा अन्य बाहिरी कारणले हुन्छ । उदाहरणका लागि धेरैजसो मानिसहरू आर्थिक कारोबार बिग्रेर अथवा व्यापार व्यवसाय डुबेर चिन्तामा फस्दछन् । कतिपय मानिसहरू पैसाको लेनदेनले पनि बढी चिन्तित भएको पाइन्छ । आपूmले दिएको पैसा अरूले खाइदिएर वा ठगीमा परेर चिन्तामा पर्छन् ।

त्यस्तै कोही पारिवारिक कारण त्यसमाथि पनि छोराछोरीको कारणले बढी चिन्तित हुन्छन् । कतिपय परिवारमा बाबुआमा र छोराछोरीहरूको सोच एउटै हुँदैन । छोराछोरीहरू बाबुआमाले देखाएको बाटो नहिँडेर आफ्नै बाटामा हिँड्न चाहन्छन् । त्यसो हुँदा बाबुआमाहरू छोराछोरीको भविष्यका बारेमा चिन्ता लिन्छन् ।

चिन्ता भन्नाले सामान्यतया नकारात्मक भाव बुझिन्छ तापनि चिन्तालाई नकारात्मक र सकारात्मक दुवै रूपमा लिन सकिन्छ । नकारात्मक चिन्ताले मानिसलाई बेफाइदा गर्छ । नकारात्मक चिन्ताले मानिसलाई तनाव दिन्छ, पीरमा डुबाउँछ । उसको काम गर्ने जोस जाँगर हराएर जान्छ । निद्रा नलाग्ने, खान मन नलाग्ने, कसैसित भेट्न, बोल्न मन नलाग्ने हुन्छ । आत्मा कमजोर हुन्छ, हिम्मत घट्छ । अरूसित खुलेर बोल्न हाँस्न मन लाग्दैन । अत्यधिक चिन्तामा डुब्यो भने त्यसले मानसिक रोग निम्त्याउन सक्छ ।

सकारात्मक चिन्ताले मानिसलाई प्रगति उन्नति गर्न मद्धत गर्छ । सकारात्मक चिन्ताले व्यक्तिलाई सोच्न बाध्य गराउँछ, रचनात्मक बनाउँछ र चुनौतीपूर्ण कार्य गर्न उत्प्रेरणा प्रदान गर्छ । चिन्तालाई चिन्तनमा परिणत गरी कुनै पनि समस्याको सम्भावित समाधानका विकल्पहरूको पहिचान गरी उत्तम विकल्पलाई अघि सार्न सकिन्छ । त्यसकारण चिन्ता गर्नु नराम्रो होइन तर त्यही चिन्तालाई बारम्बार दोहो¥याउनु चाहिँ राम्रो होइन । यथार्थलाई बुझेर कति लिने कति नलिने आफैंले बुझ्नुपर्छ ।

कोही आफ्नो चिन्ताबाहिर देखाउँछन् । कोही आपूmभित्र लुकाएर राख्छन् । चिन्तालाई आफूभित्र मात्र गुम्स्याएर राख्नु राम्रो होइन । यो कुनै बखत विष्फोट हुन सक्छ । कतिपय मानिसहरू चिन्तासित डराएर भाग्न खोज्छन् । चिन्ताबाट भाग्न कोही मादक पदार्थको सहयोग लिन्छन्, कोही आत्महत्याको बाटो रोज्छन् । त्यो राम्रो होइन । चिन्तासित डराएर भाग्ने होइन, सामना गर्नुपर्छ । चिन्तासँग जुध्नका लागि इच्छाशक्ति हुनुपर्छ । आत्मविश्वास बलियो हुनुपर्छ । आत्मा कमजोर भयो भने चिन्तासँग जुध्न गाह्रो हुन्छ ।

चिन्ता समाधानका लागि सबैभन्दा ठूलो कुरा आपूmले आफैंलाई नियन्त्रण गर्नुपर्छ । आफ्नो स्वभावलाई परिवर्तन गर्नुपर्ने हुन्छ । विभिन्न समस्याबाट हुनसक्ने चिन्ताका लागि त्यो समस्या आउनुभन्दा पहिला नै सचेत हुनु जरुरी छ । आफ्नो क्षमताभन्दा बढी महत्वाकांक्षी नबनेको राम्रो हुन्छ किनकि कुनै पनि काम गर्दा आफ्नो क्षमता र अवसरलाई ध्यान दिनुपर्छ । त्यस्तै आफ्ना छोराछोरीहरूसँग ठिक्कमात्र आशावादी हुँदा राम्रो हुन्छ ।

चिन्तालाई न्यूनीकरण गर्न आफूलाई परेको चिन्ताका बारेमा घरपरिवारका सदस्य, आफन्तजन, मिल्ने साथीभाइ तथा आपूmलाई माया गर्ने, सहयोग गर्नेहरूबीच छलफल गरी समाधान खोज्नुपर्छ । चिन्तासित सामना गर्न विभिन्न उपायको पहिचान गरी सबैभन्दा राम्रो उपायको प्रयोग गर्नुपर्छ ।

(लेखक डा. राजकुमार राई नेपाली कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …