तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दवाव कार्यक्रममा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ । संविधानको प्रभावकारी कार्यान्वयनमा पार्टीले ध्यान दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी मुख्यालय पेरिसडाडाँमा बुधबार दिउँसो बसेको बैठकले सबै लोकतान्त्रिक पार्टीसँग सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पदबाट राजीनामा दिइ नसक्नु भएकाले संसद बैठकबाटै प्रक्रिया अनुसार अगाडि बढ्ने विकल्प भएको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टी एकताका पक्षमा अझै आफूहरु रहेको तर पार्टी एकतामाथि प्रहार गर्नेहरुले आत्मलोचना गर्नुपर्ने बताउनुभयो । हामी हिजो पनि पार्टी एकताको पक्षमा थियौं, आज पनि छौं तर गल्ती गर्नेले आफूलाई सुधार गर्नुपर्छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएर आत्मलोचना गर्नुभयो भने पार्टी एकताबारे छलफल गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिनिधिसभा पुनस्र्थापना भइसकेकाले राजनीतिक स्थिरताका लागि सबै लोकतान्त्रिक शक्तिहरु मिलेर अगाडि बढ्ने प्रयास आफूहरुले गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । संविधानको कार्यान्वयन होस्, राजनीतिक स्थिरता सुनिश्चित्ता होस, लोकतन्त्रको रक्षा होस् भन्ने पक्षमा आफूहरु रहेको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …