तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । एक पालिका एक खेलमैदान कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि रु २० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकारले विनियोजन गरेको बजेट स्थानीय तहमा पठाइने र उक्त कामको कार्यान्वयन स्थानीय तहले गर्ने मन्त्री गुरुङले बताउनुभयो । खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकाले सबै पालिकामा खेलमैदान र रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य रहेको गुरुङले बताउनुभयो ।

साथै प्रदेश सरकारले ऋषिङ–६ चालिसेस्थित खेलमैदानका लागि पनि रु १० लाख बजेट विनियोजन गरेको छ । खेलाडी, खेल प्रशिक्षक, महिला, बालबालिका, युवाको खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि गाउँपालिकामा खेलमैदान र नगरपालिकामा रङ्गशाला निर्माण गरी खेलकूद विकासका पूर्वाधार तयार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

खेलमैदान निर्माणका लागि सम्बन्धित स्थानीय तहले साझेदारी गर्नुपर्नेछ । खेलमैदान निर्माणका लागि आवश्यक डिजाइन, लागत अनुमानसहितको स्वीकृत अनुमानित लागत र विस्तृत परियोजना प्रतिवेदन प्रदेश सरकारसमक्ष बुझाउनुपर्ने प्रावधान छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …