तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर राष्ट्र बैङ्कले शुक्रबारदेखि ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’’को बिक्री खुला गरेको हो । राष्ट्र बैङ्कका अनुसार बचतपत्र खरिदका लागि आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

निष्काशन मिति आगामी फागुन ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८२ फागुन ८ गते तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजदर लाग्ने बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुुने राष्ट्र बैङ्कले जनाएको छ ।

घटीमा १० हजार रुपियाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिदको सीमा तोकिएको बचतपत्र धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी)को नाममा खरिद गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

इच्छुक खरिदकर्ताले आफूलाई पायक पर्ने वाणिज्य बैङ्कहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैङ्क तथा वित्तीय संस्थाहरू र काठमाडौँ उपत्यका बाहिरका नेपाल राष्ट्र बैङ्कका कार्यालयबाट ब्याज भुक्तानी लिन सकिने व्यवस्था पनि गरिएको छ । यो बचतपत्र खरिदका लागि नबिल बैङ्क, सेञ्चुरी कमर्सियल बैङ्क, प्रभुु बैङ्क, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफरसहितका ११ वटा संस्था तोकिएको छ ।

बचतपत्र खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने राष्ट्र बैङ्कले जनाएको छ ।

कामदारले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको)को प्रतिलिपि, दुुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्ने हुन्छ ।

साथै परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्र पेस गनुपर्ने हुन्छ ।

के हो वैदेशिक रोजगार बचतपत्र ?
मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीका लागि यो व्यवस्था गरिएको हो ।

गैरअवसायी नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर (सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रुपियाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र ‘वैदेशिक रोजगार बचतपत्र’ हो । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …