खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, का रत्न बहादुर पाण्डेको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दिक्तेल उपशाखाले बीमा दाबी बापत रु १०, लाख ३६, हजार ६, सय ६७, भुक्तानी गरेको छ ।
कम्पनीद्वारा दिक्तेल उपशाखा कार्यलयमा आइतबार मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका रत्न बहादुर पाण्डेका श्रीमती सुपन दाहाल पाण्डेलाई रु १०, लाख ३६, हजार ६, सय ६७, रुपैयाँ बराबरको चेक दिक्तेल उपशाखाका प्रमुख मिलन राईले हस्तान्तरण गरेको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, निबासी रत्न बहादु पाण्डेले १५, बर्षे बिमा अन्तरगत ५, लाखको बिमा गरि २, किस्ता बुझाएको थियो। रत्न बहादुर पाण्डे बिगत दुई बर्ष अगाडी सुनसरी जिल्लामा मोटरसाईकल दुर्घटनामा परि असक्त आपाङ भएको स्व. पाण्डे को २०७८ साल जेठ ३०, गते निधन भएको थियो।
त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८, धितुङका सरोज राई र दल बहादुर राईको परिवारलाई गत शुक्रबार हलेसीस्थित वडा कार्यलयमा एक कार्यक्रम राखि वडाध्यक्ष चईन्द्र राईको बाहुलीबाट कम्पनीले सरोज राईका बुवा कमलराज राईलाई २२, लाख ८७, हजार र दल बहादुर राईको श्रीमती अम्बाकुमारी राईलाई १, लाख १८, हजार ७, सय गरि २४, लाख ६, हजार ४, सय बराबरको चेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दिक्तेल उपशाखाका प्रमुख मिलन राईले हस्तान्तरण गर्नुभएको हो।
सरोज राईले २०७४ साल कार्तिकमा १०, लाखको जीवन बिमा गर्नुभएको थियो। भने सोही गाउँका दल बहादुर राईले २०७५ साल बैशाखमा १, लाखको जीवन बिमा गर्नुभएको नेपाल लाइफ इन्स्योरेन्स दिक्तेल उपशाखा प्रमुख मिलन राईले बताउनु भयो ।
सरोज राईको २०७८ साल असार ३०, गते दुर्घटनामा परि मृत्यु भएको थियो। भने दल बहादुर राईको हलेसी तुवाचुङ नगरपालिका ७, स्थीत आफ्नै घरमा २०७८ साल बैशाख ६, गते मृत्यु भएको थियो।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …