तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा रहेका सबै कार्यालयको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्ने सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत अधिकारीसँग छलफल गर्नुभएको छ ।

सभामुखको कार्यकक्षमा आयोजित छलफलमा खाता सञ्चालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गर्नुभयो ।

सभामुखले लामो समयदेखिको प्रयास स्वरूप सरकारी स्वामित्वको बैंकमार्फत व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरी विश्वास जित्नुपर्ने बताउनुभयो ।

छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशभर सात वटै प्रदेश ७७ जिल्लामा २७४ शाखा सञ्चालन भइरहेको, रु दुई खर्ब ५० अर्बभन्दा बढी निक्षेप र रु एक खर्ब ८० अर्बभन्दा बढी लगानी रहेको अग्रणी बैंक भएको जानकारी दिनुभयो ।

उहाँले बैंकिङ सेवाका सबै सेवा बैंकले प्रदान गरी रहेको र सरकारको निर्णयलाई अवसरका रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंकभन्दा राम्रो सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …