तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ।

लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२१ ले उकालो लागेर ४२८.४३ मा पुगेको छ। कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए। लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख ४० हजार बराबर पुगेको छ। मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनको नजीकनजीक बजार पूँजीकरण हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको शेयर मात्रै ओरालो लागेको छ। जीवन बीमा उपसमूह १७.१६ ले ओरालो लाग्दा बैंकिङ ५९.६१, व्यापार ७८.०३, होटेल २०.५४, विकास बैंक ८८.४५, जलविद्युत् १६.६५, वित्त १९.२१, निर्जीवन बीमा ३९.०८, उत्पादन ३.१६, लघुवित्त २१.८ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ।

कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ४० करोड २९ लाख ९१ हजार ९८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। यस्तै कुमारी बैंक ३० करोड ४५ लाख १६ हजार ४७०, नेपाल पुनर्बीमा कम्पनी २४ करोड १२ लाख चार हजार ८९५, नबिल बैंक र २० करोड ३९ लाख ३९ हजार ४१२, प्राइम बैंक २० करोड ३८ लाख ४० लाख ८३९, सिद्धार्थ बैंक १९ करोड ७३ लाख १६ हजार, नेपाल लाइफ इन्सुरेन्स कम्पनी १९ करोड ६८ लाख ४८ हजार ९७७, एनआइसी एसिया बैंक १७ करोड ९४ लाख २५ हजार १९१ र नेपाल दूरसञ्चार कम्पनी १६ करोड ५४ लाख ११ हजार ५२८ बराबरको कारोबार भई शीर्षस्थानमा रहे।

कारोबार भएका कम्पनीहरुमध्ये ११७ कम्पनीको शेयर उकालो लागे भने ४४ कम्पनीको शेयर ओरालो लाग्यो। यस्तै १४ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन। कारोबार भएकामध्ये प्रभु इन्सुरेन्स १०, नारायणी डेभलपमेन्ट बैंक ९.९७, कुमारी बैंक ९.८९, आरम्भ चौतारी लघुवित्त ९.८९, युनाइटेड फाइनान्स ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८३, नेपाल फाइनान्स ८.७०, प्राइम बैंक ८.५६, महालक्ष्मी विकास बैंक ८.२४ र लुम्बिनी विकास बैंकका शेयरधनीले ७.६९ प्रतिशतले कमाए।

त्यस्तै, निर्धन उत्थान लघुवित्त ४.३१, हिमाल दोलखा हाइड्रोपावर २.९९, एनएलजी इन्सुरेन्स २.८६, नेरुडे लघुवित्त २.८२, दिव्यश्वरी हाइड्रोपावर २.७०, युनाइटेड इदी मर्दी हाइड्रोपावर २.६१, युनियन हाइड्रोपावर २.६१, माउन्टेन हाइड्रो २.६०, अरुण भ्याली हाइड्रोपावर २.५५ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले २.५२ प्रतिशतले गुमाए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …