काठमाडौं । नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ ।
पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ ।
सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।
नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ। उत्तर कोरिया १०३औँ र सुडान १०२औँ स्थानमा रहँदा नेपाल १०४ औँ स्थानमा परेको हो।
सो सूचीमा नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा छ ।
हेर्नुहोस् सूची
शक्तिशाली पासपोर्ट भएका देश
१. जापान (१९१ देश)
२. सिंगापुर (१९०)
३. दक्षिण कोरिया, जर्मनी (१८९)
४. इटाली, फिनल्याण्ड (१८८)
५. स्पेन, लक्जमबर्ग, डेनमार्क (१८७)
सबैभन्दा खराब पासपोर्ट भएका देश
१००. उत्तर कोरिया, सुडान (३९ देश)
१०१. नेपाल, प्यालेस्टाइनी क्षेत्र (३८)
१०२. लिबिया (३७)
१०३. यमन (३३)
१०४. सोमालिया, पाकिस्तान (३२)
१०५. सिरिया (२९)
१०६. इराक (२८)
१०७. अफगानिस्तान (२६)
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …