तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन् । कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् ।

माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन् । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन् । यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो ।

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनानुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने बताउनुभयो । उक्त मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्युठान, रोल्पा, रुकुमबाट दैनिक करिब २०० भक्तजन आउने गरेको अध्यक्ष बुढाले बताउनुभयो । यहाँ मेलामा भेडाको बलि दिइन्छ भने परेवा उडाइन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुला हुने गरेको छ ।

लमहीको रिहारस्थित तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । यस ठाउँमा हरेक वर्ष पुसको २५ गतेबाट चहलपहल शुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ । थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामाभान्जी मन्दिर, तप्तकुण्ड (तातोपानी पोखरी), घ्यू पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिनुभयो । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । लमही बजारबाट २५ किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन् ।

दाङका धार्मिकस्थलमा अघिल्ला वर्षहरूमा माघीमा मेला एक महिनाअघिदेखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम नभएको र नयाँ रूपमा कोरोना संसारभर आइरहेको समयमा जिल्लामा पनि सजगता अपनाउन जरुरी रहेको भन्दै उहाँले यस्तो आग्रह गर्नुभयो । “भीडभाड हुने कार्यक्रम गर्ने समय छैन । त्यसैले सामाजिक दूरी कायम नहुने माघीको मेला लाग्ने अवस्था छैन्”, उहाँले भन्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …