तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

आठ महिनादेखि श्रद्धालुका लागि बन्द रहेको पशुपतिनाथ अझै खुला हुन सकेको छैन । भिडभाड हुने अधिकांश क्षेत्र खुला भइसक्दा पनि मन्दिर खुला गर्नुको तुक नरहेको बताइरहँदा विकास कोष भने धैर्य गर्न आग्रह गरिरहेको छ ।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै गत वर्ष चैत ११ गते लकडाउन भयो । त्यही वेलादेखि श्रद्धालुका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर अझै खुला गरिएको छैन । नित्यपूजाबाहेकका पूजा आठ महिनादेखि बन्द रहेका छन् ।

बढी घुइँचो हुने भएकाले संक्रमणको जोखिम हुने भन्दै सरकारले मन्दिर सर्वसाधारणका लागि खोल्न अनुमति नदिएको हो । सार्वजनिक यातायात, व्यापार–व्यवसायलगायत चहलपहल हुने स्थल खुलिसक्दा मन्दिर मात्र बन्द गर्नुको अर्थ नरहेको सर्वसाधारणको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषले केही समयअघि स्वास्थ्य सावधानी अपनाएर मन्दिर खुला गर्ने तयारी भइसकेको बताएको थियो । सरकारको निर्देशन मात्र आउन बाँकी रहेको उसको प्रतिक्रिया थियो । तर अहिले कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडा धैर्य गर्न सर्वसाधारणलाई सुझाव दिन्छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका जोखिममाा परेको तथ्य एकातिर छ । अर्कोतिर भिडभाड हुने कतिपय क्षेत्र खुला भइसकेको अवस्था पनि छ । यस्तो वेला स्वास्थ्य सुरक्षा अपनाएर पशुपतिनाथलगायत मन्दिर खुला गर्नेतर्फ सोच्न आवश्यक छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …