तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तम्घास– गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटबल रङ्गशालाको निर्माण सुरु भएको छ।

गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो।

‘शहीद लखन थापा स्मृति रङ्गशालामा’मा अहिलेसम्म पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने र दुवो रोप्ने लगायत काम भएका छन्। राष्ट्रिय खेलकूद परिषद्‌मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ।

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४/०७५ मा उपभोक्तामार्फत १८ लाख रुपैयाँ र आव २०७५/०७६ मा दुई करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए।

खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ। कूल १०५ मिटर लम्वाई र ६८ मिटर चौडाई रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ। सो रङ्गशालालाई मदन भण्डारी राजमार्गले छोएको छ।

रङ्गशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन्। गाउँमै अन्तरराष्ट्रिय रङ्गशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएका छन्।

‘रङ्गशाला निर्माण भएपछि यहाँ आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन्’, स्थानीयवासी बोमलाल भण्डारीले भने, ‘सकेसम्म छिट्टै निर्माण सम्पन्न भए हुन्थ्यो।’

रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …