तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ, असोज २ गते। मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम सङ्ख्यामा मात्रै बस सञ्चालन भएका हुन् । कोभिड–१९ को रोकथामका लागि सरकारले पहिलो पटक गत चैतमा जारी गरेको बन्दाबन्दीदेखि सार्वजनिक सवारीसाधन ठप्प थिए । सरकारले गत असार र साउनमा एक जिल्ला (भित्र मात्रै सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको थियो ।

सवारीधनी र मजदूरले आज बिहान विश्वकर्मा पूजा गरेर बस सञ्चालन गरेका थिए । पहिलो दिन भएकाले सडकमा यात्रु पनि कम सङ्ख्यामा निस्केको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । अधिकांश सवारीसाधन काठमाडौँ उपत्यका बाहिर भएकाले पनि आज कम मात्रै सञ्चालनमा आएको हो । कोभिड–१९ को त्रास भए पनि आगामी दिनमा बिस्तारै सवारीसाधन र यात्रु बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अबका दिनमा दिन प्रतिदिन यात्रु बढ्ने छन् ।”

सरकारले अहिलेसम्म सार्वजनिक यातायातका लागि स्वास्थ्यसम्बन्धी कार्यबिधि बनाइसकेको छैन । लामो र मध्यम रुटमा बीचमा रोक्ने स्थान, खाजा र खाना खाने स्थानलगायतका कुरामा अझै स्पष्ट छैन । सबै चालक, सहचालक, यात्रुलाई यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन महासङ्घले अनुरोध गरेको छ । चालक तथा सहचालक दुवैलाई माक्स, पञ्जा र सेनेटाइजर तथा सहचालकलाई फेस भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

त्यस्तै, महासङ्घले यात्रुलाई बस चढ्दा, ओर्लदा र खाना तथा खाजा खाने समयमा भीडभाड नगर्न अनुरोध गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा आजदेखि मध्यम र लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन् । यातायात व्यवसायी र मजदूरका सङ्घ÷सङ्गठनले पटक–पटक सरकारलाई सबै रुटमा सवारीसाधन सञ्चालनको अनुमति दिन अनुरोध गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …