मेरो जन्मभुमि काभ्रेपलान्चोक रोशी गाउँपालिका साबिक भिमखोरी गा.वि.स हाल रोशी गाउँपालिका वडा नम्बर ११ मा पर्दछ,म एउटा तामाङ समुदायको गरिब परिवारमा जन्मेको एक छोरो हुँ,म गरिब परिवारमा जन्मिएकै कारण मैले राम्रो शिक्षा हासिल गर्न त पाएन भएपनि गाह्रो महसुस,मुस्किलका बाफजुत मैले Slc अर्थात See त्यहीँ पोक्रा मा बि बाट उतिर्ण गरे भने +२ सम्मको शिक्षा चाहिँ श्री मंगल जन बिजय उच्च माध्यमिक बिध्यालय बाट गरे!जहाँ मेरो वडा वरिपरि हरियाली वन डाँडा काँडाँ र प्राकृतिक सुन्दरताले भरिपुर्ण अनि बिकासको सम्भावना बोकेको रमणीय ठाँउ र पर्यटकीय स्थलको सम्भावना रहेको भूगोल हो।
भिमखोरीको काखमा रोशी खोला र शिरमा महाभारत लेख अनि गणेश हिमालको दृश्य देखिने अति रमणीय ठाँउ हो।बिकासको नाममा बि पि राजमार्ग सग जाेडिएको वडा भए पनि एउटै कच्ची सडकले मात्रै त्यहाँका जनताहरु आवातजावत गर्ने गरेको छन।जहाँ मेरो साबिक भिमखोरी हाल रोशी ११ मा विभिन्न राजनीतिक दलहरूमा आबद्ध नेताहरू नभएका होइनन्,विभिन्न राजनीतिक दलका नेताहरू भए पनि राजनीतिक खिचातानीको कारण बिकास साच्चिकै अहिलेसम्म केहि हुन बिकास सकेको छैन,भएको देखिन्न त्यसैले त्यहाँका आम जनताहरु जुनसुकै राजनीतिक दल र नेताहरुप्रती आक्रोशित भएको देखिन्छ कम बिश्वास गरेको पाईन्छ।
म पनि एउटा राजनीतिक दल माथी आस्था र बिश्वास राख्ने एक ब्यक्ति हुन र बिगत लामो समय देखि पार्टीमा आबद्ध रहिआएको छु पार्टीमा रहिआए पनि यहाँका बिगत,बर्तमान परिवेशमा भैरहेको राजनीतिक खिचातानीले भोलिको भविस्यमा आउने नयाँ पार्टीका नेतृत्व/जनप्रतिनिधि माथी नराम्रो कालो छाप बस्ने देखिन्छ।
म राजनीतिक पार्टीमा आबद्ध भएपनि नभएपनी मेरो र युवाहरूको सपना भनेको त्यहाँका आम जनताहरुले पाउनुपर्ने विभिन्न बिकास र नेपाल सरकार बाट प्राप्त कुनैपनी सुबिधा बाट बन्चित नहोस् भन्ने हो।
अब मेरो र आम युवाहरूको यात्रा र अभियान भनेकै सबै युवाहरूलाई सशक्त,जागरुकता बनाई सिङ्गो मेरो वडा बासीहरुलाई कुनैपनी समस्या पर्न बाट र कुनैपनी बिकासमा बन्चित हुना बाट टाढा राख्ने अठोट गर्नेछु,जुन यात्रा र अभियानमा सिङ्गो युवाहरू, बुद्धिजीवी, समाजसेवी र आदरणीय आमाबुबाहरुले साथ र समर्थन गर्छन भन्ने मलाई आशावादी छु।
हामी जुनसुकै पार्टीमा,दलमा आबद्ध रहेपनी बिकासमा एकरुपता हुनुपर्छ/हुन्छौं र हुनाको लागी प्रेरित गराउछौ भन्ने नै मेरो मुल उदेश्य हो।बिगत देखि अहिलेसम्म पनि केहि राजनीतिक पार्टीका नेताहरूले बिकासको नाममा आफ्नो खल्ती भर्ने काम नगरेको होईन,नितिगत भ्रष्टाचार गरेको भनी अधिकांश जनता बाट गुनासो आएको देखिन्छ।त्यसैले यस्तो गतिविधि तत्काल बन्द गराई अबको दिनमा एकले अर्कालाई राजनीतिक खिचातानी गरेर प्रतिशोध राखेर जनताको भविस्य माथी खेलवाड गर्न खोजे पुर्न रुपले राजनीतिक पार्टीलाई नै बन्देज अथवा प्रवेश निशेधको घोषणा समेत गराउने प्रयास गर्छौ हामी।
मैले सामाजिक संजाल मार्फत बारबार भन्दै पनि आएको छु राजनीति एउटा पेशा अनि व्यवसायी होईन समाज र देशको सेवा गर्ने सेवक हुन सेवा गर्न सक्नुपर्छ भनेर!अबको दिनमा हामी युवाहरूले बिकासमा आएको रकम कहिँ बाट चुहावट या भ्रष्टाचार गरेर नेताको खल्ती भर्न दियो भने जनताको अवस्था जस्ताको त्यस्तै हुन्छ ।
अब हामीले त्यो अवस्था आउन दिने छैन यो हाम्रो अठोट र बाचा पनि हुनेछ।सबै युवाहरूको प्रतिनिधित्व गरि आम युवाहरू मिलेर अब रोशी गाउँपालिका भित्रकै सुन्दर नमुना वडा भिमखोरीलाई परिणत गर्ने सपना लिएको छौ।धन्यवाद,जय नेपाल!!!
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …