तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारतको केरला राज्यको कोझिकोटमा एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा परेको छ ।

अवतरण गर्ने क्रममा विमानको चक्का चिप्लिएपछि विमान ३० फीट गहीरो खाल्डोमा खसेको हो ।

भारतीय समाचार एजेन्सी एएनआईले विमान दुर्घटना भएको तर त्यसमा आगो नलागेको जनाएको छ ।

विमानमा १० नवजात शिशु, ६ क्रु मेम्बरसमेत १ सय ८४ जना यात्रु छन् ।

स्थानीय समयअनुसार शुक्रवार साँझ करीब ७ बजेर ४५ मिनेटमा उक्त दुर्घटना भएको हो ।

दुबईबाट आएको उक्त जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो । अहिलेसम्म दुर्घटनाबाट कसैको हताहती भएको समाचारमा उल्लेख छैन ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …