तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ६० वर्षीय चलितर महतोलाई उपचारका लागि बिहीबार बिहान टेम्पोमा राखेर नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगियो । दुई दिनअगाडि छोरोसँग मेडिकल कलेज पुग्दा चिकित्सकले पीसीआर रिपोर्ट लिएर आएपछि मात्र उपचार गर्ने भनी फर्काएका थिए ।

त्यहीअनुसार बिहीबार चलितरका भाइ शम्भु नेगेटिभ रिपोर्ट बोकेर गएका थिए । ‘पीसीआर रिपोर्ट देखाउँदा पनि आकस्मिक कक्षका चिकित्सकले भर्ना गर्न मानेनन्,’ शम्भुले भने, ‘उपचार नपाएर दाइको टेम्पोमै मृत्यु भयो ।

ज्वरो आएपछि चलितरले साउन १५ मा वीरगन्ज महानगरपालिकाले श्रीपुर स्कुलमा ‘मास टेस्टिङ’ का क्रममा स्वाब दिएका थिए । शम्भुका अनुसार चलितरको ज्वरो निको भइसकेको थियो । ‘अहिले कमजोरी महसुस भएकाले निको पार्न बिहीबार बिहान नेसनल लगेका थियौं । तर, चिकित्सकले भर्नै गरेनन्,’ उनले भने, ‘अस्पतालको लापरबाहीले दाइ गुमायौं ।’ उनी आकस्मिक कक्षअगाडि दाइलाई टेम्पोमै रोकेर भित्र खबर गर्न गएका थिए । दाइको नेगेटिभ रिपोर्ट देखाउँदै भर्ना गर्न आग्रह गरे, तर ‘माथिबाट आदेश नआएसम्म भर्ना गर्न नसकिने’ भनेर चिकित्सकले वास्ता गरेनन् ।

त्यही बेला उनले वकिल विनयसिंह र श्रीपुरका नेता सुन्दर कुर्मीलाई समस्याबारे सुनाएका थिए । ‘मेडिकलको माथिल्लो निकायमा सम्पर्क हुन नसकेपछि मैले यहाँको तराई हस्पिटलमा कुरा गरेको थिएँ,’ कुर्मीले भने, ‘तराईले भर्ना गर्न मानेपछि शम्भुलाई बिरामीलाई ल्याएर आउन फोन गर्दा मृत्यु भइसकेको थियो । नेसनल मेडिकल कलेजका कोरोना फोकल पर्सन डा. असरफ हुसैनले रिपोर्ट नेगेटिभ आएकालाई भर्नामा नरोकिने बताए । ‘यो केसमा के भएको रहेछ, भोलि विस्तृत रूपमा बुझ्छौं,’ उनले छोटो प्रतिक्रिया दिए ।

वीरगन्जमा कोरोना संक्रमण वृद्धि भएसँगै सामान्य ज्वरोका बिरामीले पनि उपचार पाउन सकेका छैनन् । उपचारका लागि निजी अस्पताल पुग्ने बिरामीलाई अस्पतालले जाँच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेको गुनासो बढेको छ । यस्तो गुनासो आएपछि निजी अस्पताललाई छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी आफूकहाँ आएका बिरामीहरुको जाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …