तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग ९कोभिड–१९० महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएकोमा उहाँले जोड दिनुभयो ।

छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गर्नुभयो ।

उहाँले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको चर्चा गर्नुहुँदै मानसिक अन्तरयात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महìव आधुनिक युगमा झनै बढेको बताउनुभयो । तनाव, द्वेष, इष्र्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

योग महìवका बारेमा जनचेतना अभिवृद्धिका लागि यसका सरल विधि जनसाधारणमा पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिनुहुँदै निरोगी नेपालको उद्देश्य प्राप्ति गरिने बताउनुभयो ।

सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परासमेत थालनी भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …