तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा वालिङ उद्योग वाणिज्य संघको आव्हानमा स्याङ्जा जिल्ला भरिका सबै उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् पदाधिकारीहरुको संयुक्त बैठक वालिङ उद्योग वाणिज्य संघको सचिवालयमा सम्पन्न भएको वालिंग उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी गराए ।

बैठकमा स्याङ्जा, भीरकोट, गल्याङ, चापाकोट र वालिङ उद्योग वाणिज्य संघका अध्यक्षहरु एवम् पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा महिला उद्यमीहरु लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । बैठकमा सहभागीहरुले कोभिड–१९ का कारण मुलुकभर भईरहेको लकडाउन, लकडाउनको अवधीभर व्यवसायिक संस्थाहरुले निभाएको भूमिका, स्थानीय सरकार, प्रशासन, प्रहरी र सरोकारवालाहरुसँगको समन्वय, उद्योग व्यवसायको क्षेत्रमा परेको प्रभाव र व्यवसायको पुनर्उत्थानका लागि आ–आफ्ना राय सल्लाह र सुझावहरु प्रस्तुत गरेका छन । बैठकले जिल्लाभित्रका नीजि क्षेत्रका समस्याहरुको विश्लेषण गर्नुका साथै व्यवसायिक पुनर्उत्थानका लागि साझा धारणा सहित संयुक्त प्रेस विज्ञप्ति मार्फत नेपाल सरकारसँग सहुलियतको माग गरेको पौडेलले बताए ।


सन २०१८ को अन्त्यतिरबाट चिनको बुहान शहरमा देखा परेको कोरोना ( कोभिड -२८ ) भाईरस वर्तमान समयसम्म विश्वब्यापी रूपमा फैलिई लाखौको संख्यामा सक्रमित र मानिसहरुको मृत्यु भईसकेको छ । विश्वब्यापी रूपमा फैलिईरहेको यस भाईरसबाट नागरिकलाई सुरक्षित राख्न गतबर्षको चैत्र ११ गतेदेखि नेपाल सरकारले लकडाउनको घोषणा गरेको र अहिले पनि मुलुक बन्दावन्दीकै अवस्थाबाट अगाडि बढिरहेको छ । लकडाउनका कारण अधिकांश उद्योग व्यवसाय पूर्ण रूपमा बन्द हुनुका साथै आर्थिक गतिविधिहरु शून्य प्रायः स्थितिमा रहेका छन् ।

परिस्थितिलाई मध्येनजर गर्दै जिल्लाभित्र रहेका उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् पदाधिकारी हरुबीच बर्तमान समसायिक विषयहरुमा २००७ असार ५ र ६ गते बालिङमा मयुक्त बैठक बसी निर्णय गरी , तपसील बमोजिमका मागहरूलाई सम्बोधन गर्नका निमित्त जिल्ला प्रशासन कार्यालय स्याङ्जा एवम् नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौ बिज्ञप्तिमा उल्लेख छ ।

मागहरु :-

१. मुलुकका करिब १० प्रतिशत ब्यवसायीहरुले बैंककर्जाबाट आफ्ना उद्योग व्यापार व्यवसायहरु सञ्चालन गरेका र बिगत ३ महिनादेखिको बन्दाबन्दीका कारण आर्थिक गतिविधिहरु शून्यप्रायः स्थितिमा रहेको हुँदा व्यवसायीहरुले लकडाउन अवधिभरको बैकको सावा , ब्याज र किस्ता रकम तिर्न सक्ने स्थितिमा छैनन् । अतः यो समयलाई शून्य समय मानी लकडाउन अबधिभरको सावा , न्याज र किस्तालाई अन्तिम किस्तापछि अवधि लम्बिने गरी व्यवस्था गर्न तथा लकडाउन अवधिभरको व्याज रकममा ५ प्रतिशत छुटको व्यवस्था गर्न जोडदार रुपमा माग गर्दछौ ।

२. जिल्ला भित्रका बैंक तथा वित्तीय संस्था र वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले व्यवसायीहरुलाई ताकेता , फोन एवम् घरदैलो गरी आतङ्कित बनाउने कार्य तुरुन्त रोक्न जोड्दार माग गर्दछौ ।

३. नेपाल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनलाई नीजि क्षेत्रलाई समेत नियन्त्रण गर्ने गरी संशोधन गर्न लागेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नीजि क्षेत्रलाई आन्तरिक राजश्व विभाग , राजश्व अनुसन्धान आयोग , सम्पनि शुद्धिकरण , खाद्य तथा गुण नियन्त्रण लगायतका विभिन्न सरकारी नियमनकारी निकायहरुले अनुगमन तथा नियन्त्रण गरिरहेको सन्दर्भमा व्यवसायीहरुलाई आतंकित बनाउने र नीजि क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने किसिमको कदमको विरोध गर्दै फिर्ता लिनका लागि जोडदार माग गर्दछौ ।

४. जिल्लाभित्रका उद्योगी व्यवसायीहरुको पहलमा आन्तरिक राजश्व कार्यालयको करदाता सेवा कार्यालय स्याङ्जा जिल्लामा स्थापना गर्ने निर्णय भएता पनि कार्यालय स्थापनाको प्रक्रिया शुरु नभईसकेको हुँदा शीघ्र कार्यालय सञ्चालनको न्यवस्था मिलाउन र नेपालकै पूरानो राजमार्गको रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा रहेको पुल जीर्ण भएका कारण ठूला मालवाहक सवारीसाधन सञ्चालन नहुँदा जिल्लाभित्र वस्तुको दुवानी एवम् उद्योग व्यवसायको विस्तार र मूल्यमा समेत प्रभाव परेको हुँदा छिटो भन्दा छिटो पूर्ण क्षमताको पुल निर्माण गर्न जोडदार माग गर्दछौ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …