म्याग्दी। म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् । अष्टे«लियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो ।
बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताउनुभयो । म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकबिहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।
नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आवद्ध चेलीहरुलाई धन्यवाद दिनुभयो । रासस
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …